कांग्रेसमाथि प्रतिपक्षको भूमिका मात्र होइन, मुलुकको भविष्य रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी थपिएको छ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले न्यायपालिका, संवैधानिक निकाय, लोकतान्त्रिक संस्थाहरुमाथि प्रहार भइरहेका बेला कांग्रेसको भूमिका ऐतिहासिक हुनुपर्ने बताएका छन् ।
वीपी स्मृति दिवसका अवसरमा मंगलबार प्रेस विज्ञप्ति जारी गरेर देउवाले भने, ‘यस्तो परिस्थितिमा नेपाली कांग्रेसमाथि केवल प्रतिपक्षको भूमिका निर्वाह गर्ने मात्र होइन, लोकतन्त्र, संविधान, राष्ट्रियता र आम जनतामा सुरक्षाको अनुभूतिसँगै मुलुकको भविष्य रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी पनि थपिएको छ ।’
देउवाले भने, ‘हाम्रा सर्वकालीन पथप्रदर्शक जननायक वीपी कोइरालाले २०३३ सालको राष्ट्रिय मेलमिलाप नीतिमार्फत व्यक्तिगत सुरक्षाभन्दा राष्ट्र, लोकतन्त्र र राष्ट्रिय एकतालाई सर्वपरि मान्दै स्वदेश फर्किनुभएको इतिहास आज पनि उत्तिकै प्रेरणादायी छ ।’
‘त्यो इतिहास केवल सम्झनाका लागि होइन, वर्तमान चुनौतीको सामना गर्न मार्गदर्शन गर्ने जीवित आदर्श पनि हो,’ देउवाले भने, ‘प्रजातन्त्र, राष्ट्रियता र समाजवाद साथै राष्रिय स्वाभिमान, आर्थिक समृद्धि, सामाजिक न्याय, समानता, समावेशिता र अवसरको समान पहुँच नेपाली कांग्रेसका आधारभूत पनि हुन् ।’
देउवाले भने, ‘मूल्य र मार्गदर्शक सिद्धान्त हुन । यी केवल हाम्रो राजनीतिक एजेन्डा मात्र होइनन, राष्ट्र निर्माणप्रतिको हाम्रो अटल प्रतिबद्धताका आधार मेरो नेतृत्वमा विगतमा समानता, सामाजिक न्याय र समावेशितालाई संस्थागत गर्ने दिशामा महत्वपूर्ण निर्णयहरू गरिएका थिए । ती निर्णयहरू नेपाली कांग्रेसले निर्धारण गरेका प्राथमिकता अनुरूप नै थिए ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया