प्रधानमन्त्री शाहले स्पीड समातेपछि रास्वपाभित्र खैलाबैला, रवि र स्वर्णिमबीच रिसोर्टमा बार्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपाध्यक्ष समेत रहेका अर्थमन्त्री स्वर्णिम वाग्ले रिसोर्टमा सम्वाद गरेर फर्किएका छन् ।
बिदा मनाउन भन्दै शनिबार दिउँसो काभ्रेको धुलिखेलस्थित दूसित थानीरिसोर्टमा गएका लामिछाने र वाग्ले आइतबार दिउँसो काठमाडौं फर्केको एक नेताले बताएका छन् ।
परिवारका सदस्यबाहेक रिसोर्टमा रास्वपाका अन्य कोही नेता भने सहभागी भएका थिएनन् । रास्वपाका दुई शीर्ष नेताको रिट्रिटलाई लिएर रास्वपाभित्र बबण्डर मच्चिएको छ ।
अर्थमन्त्री वाग्लेको कार्यसम्पादनप्रति प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सभापति लामिछानेसँग असन्तुष्टि व्यक्त गरेको भनेर समाचार बाहिर आएका बेला लामिछाने र वाग्लेबीच रिसोर्टमा लामो सम्वाद भएको छ ।
असार २८ गते भएको भेटवार्तामा प्रधानमनत्री शाहले अर्थमन्त्री वाग्लेसँगै कानूनमन्त्री सोविता गौतम र महान्यायाधिवक्ता नारायणदत्त कँडेललाई समेत हटाउन सभापति लामिछानेसँग आग्रह गरेको रास्वपाका नेताहरुले बताएका थिए ।
सभापति लामिछानेले प्रधानमन्त्री शाहका सचिवालयका केही सदस्य फेर्नुपर्ने बताएका थिए । सरकारको कार्यशैलीलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि चुलिएको बेला पार्टी लामिछाने र वाग्लेबीच रिसोर्टमा किन भेटवार्ता भएको हो केही भनिएको छैन ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया