बृहत एकताका लागि दवाव दिन देउवा पक्षीय नेताहरुले राष्ट्रिय भेला गर्ने, अहँकारी सानेपा जिम्मेवार बनेन

काठमाडौं । पार्टीमा बृहत एकताका लागि निरन्तर प्रयास गर्दै आएका शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेताहरुले राष्ट्रिय भेला साउन महिनाभित्र गर्ने निर्णय गरेका छन् ।

राष्ट्रिय भेलाको मिति र स्थान साउन ६ गते घोषणा गरिनेछ । वीपी स्मृति दिवसका दिन देउवा पक्षीय नेताहरुले राष्ट्रिय भेलाका विषयमा विस्तृत विवरण दिनेछन् ।

पार्टी एकताका लागि निरन्तर प्रयास, हदैसम्मको लचकता, संवादपश्चात लामो धैर्यता राख्दाराख्दै पनि विवादको सात महिना र अदालतको फैसलापछि चार महिना बितिसक्दा पनि संस्थापन पक्षबाट सार्थक पहल गर्न चाहेको नदेखिएको देउवा पक्षीय नेताहरुको भनाइ छ ।

आइतबार देउवा पक्षीय नेताहरुद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘एकातर्फ वर्तमान राष्ट्रिय राजनीति अनपेक्षित र अप्रत्यासित बाटोमा गइरहेको, स्थापित राजनैतिक दलहरूलाई नामेट पार्ने षडयन्त्रका चरणहरू अझै क्रियाशील रहेको र नेपालको लोकतन्त्र तथा संघीय समावेसी लोकतान्त्रिक गणतन्त्र ल्याउन ऐतिहासिक योेगदान गरेका राजनैतिक दलभित्रै द्वन्द्वको बिजारोपण गरी उठ्नै नसक्ने गरी छिन्नभिन्न पार्ने गतिबिधि अत्याधिक क्रियाशील भइरहेको बेला पार्टी एकता गर्नुको साटो सहकर्मी अन्य दलहरूलाई समेत सार्वजनिक मञ्चहरूमार्फत चिढ्याउने अभिव्यक्ति दिएर जनताको क्रान्ति, संघर्ष र आन्दोलनबाट प्राप्त नागरिक अधिकारहरू दिनानुदिन कमजोर पारिरहेको अवस्था छ ।’

‘तसर्थ पार्टीभित्र बलियो एकता कायम गरी नेपाली जनताको स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गर्ने उद्देश्यले नीतिगत रूपमा राष्ट्रिय बहस र छलफल गरी नयाँ कार्यदिशा तय गर्न हामीले (नियमित महाधिवेशन पक्षधर) यही श्रावण महिनाभित्र काठमाडौंमा नेपाली कांग्रेसको राष्ट्रिय भेला आयोजना गर्ने निष्कर्षमा पुगेका छौं,’ विज्ञप्तिमा भनिएको छ ।

‘भेलाको मिति, समय र स्थान यही श्रावण ६ गते हुने बीपी स्मृति दिवसको कार्यक्रममार्फत सार्वजनिक गरिनेछ,’ नेता मीनबहादुर विश्वकर्माले भनेका छन् ।

भृकुटीमण्डप भेलाबाट गगन थापाले कथित विशेष महाधिवेशनको नामबाट नेपाली कांग्रेस हाइज्याक गरेर निर्वाचन आयोग र सर्वोच्च अदालतबाट कानूनै मान्यता पाएका छन् । कांग्रेसकी रुपमा गगनले आफूलाई सभापति घोषणा गरे पनि १४औँ महाधिवेशनबाट आएको झण्डै दुईतिहाइको कार्यसमितिले स्वीकार गर्न सकिरहेको छैन । सर्वोच्च अदालतको निर्णयलाई देउवा पक्षीय नेताहरुले स्वीकार गरेर पार्टीमा बृहत एकता गरेर जान चाहेका छैनन् । तर, गगन भने सहमतिको लागि तयार छैनन् ।

गगन बृहत पार्टी एकताका लागि तयार नभएपनि देउवा पक्षीय नेताहरुले दवाव सिर्जना गर्न राष्ट्रिय भेला गर्न लागेका छन् । अहिलेको अवस्थामा गगनले पनि बिगतका तिक्तताहरुलाई त्यागेर नेताहरुलाई समेटेर कांग्रेसलाई बृहत एकताका साथ अगाडि बढाउन सुझाव आएका छन् । गगन भने ती सुझावहरुलाई मान्न तयार छैनन् ।

Published : Monday, 2026 July 20, 7:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया