भृकुटीमण्डपमा गगनद्वारा कांग्रेस हाइज्याक गरेपछि देउवा पक्षीय तरुणहरूको शक्तिशाली भेला, ३ सय तरुणहरू सहभागी
काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेस निकट नेपाल तरुण दलका पूर्वअध्यक्ष, पूर्वपदाधिकारी, पूर्व केन्द्रीय सदस्य लगायत करीव तीन सय तरुणहरूको भेलाले भृकुटीमण्डपमा हाइज्याक भएको पार्टीका विषयमा गम्भीर चिन्ता गरेका छन् ।
शनिबार काठमाडौंको चुनदेवीमा रहेको देउवा पक्षीय नेताहरूको सम्पर्क कार्यालयमा भएको तरुण भेलाले नेपाली कांग्रेसको रक्षाका लागि आवश्यक पर्दा तरुण दललाई ब्यूताउने र समानान्तर कार्यसमिति बनाउने निष्कर्ष निकालेको छ । नेपाल तरुण दलका पूर्व अध्यक्ष जीतजंग बस्नेतको प्रमुख आतिथ्यता र तरुण दलका पूर्व केन्द्रीय सदस्य दिल लामाको संयोजनमा भएको तरुण भेलामा कांग्रेसलाई भृकुटीमण्डपबाट गगन थापाले हाइज्याक गरेर इतिहासकै कमजोर अवस्थामा लगेको बताएका छन् । पूर्वअध्यक्ष बस्नेतले कांग्रेसलाई बचाउन देशभरिका तरुणहरूको आवश्यकता परेको बताए ।
नेता बस्नेतले वीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा एक हजार उतार्न तरुण दललाई निर्देशन पनि दिएका छन् । उनले पार्टी मिल्ने नमिल्ने भन्न सक्ने अवस्था नभएकाले शक्ति प्रदर्शन गर्नुपर्ने बताएका छन् ।
उनले भने, ‘भोलि हामीले राम्रो गर्न सक्यौँ भने पार्टी मिल्दा पनि वर्चस्वमा हामी हुन्छौँ । पार्टी मिल्न सकेन, हामी नयाँ ढङ्गले नयाँ विचारले जानु पर्यो भने पनि हाम्रो यही शक्ति प्रदर्शनबाट नयाँ ढङ्गले जान्छौँ ।’
बस्नेतले कमलादीमा १ बजेदेखि कार्यक्रम सुरु हुने भएकाले साढे ११ बजे सबै उपस्थित भइसक्नुपर्ने बताए ।
उनले भने, ‘तरुण दलले सुरक्षाको भूमिका पनि निभाउनु पर्छ। अनुशासित भएर उपस्थिति हुनुपर्छ। वाच डगको रूपमा हामीले काम गर्नुपर्ने भएको हुनाले लगभग एक हजार साथीहरू उपस्थिति हुन जरुरी छ।’
बस्नेतले गगन थापाले पार्टी कब्जा गरेको बताउँदै कांग्रेस तहस नहस बनेको बताए । नेता बस्नेतले भने, ‘न्यायपालिका, निर्वाचन आयोग कुन ढङ्गले चलेको छ । हामीलाई थाहा छ । गगन थापाको कांग्रेसले देशमा भइरहेको हत्या हिंसा, भ्रष्टाचारको विरुद्धमा लड्न सक्दैन। हामी नै हो सडक पनि आन्दोलन गर्ने हो ।’
भेलामा कांग्रेस नेता कुन्दनराज काफ्ले, गुरु बराल, पुष्प पराजुली, तरुण दलका पूर्व उपाध्यक्ष उत्तम चापागाईं लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया