सिंहदरबारको मूल गेटमा सरकारविरुद्ध प्रदर्शन गरेका निहारिका र बिनुलाई प्रहरीले लतारेर हटायो
काठमाडौं । न्यायको खोजीभन्दै सिंहदरबार प्रवेश गर्न खोज्ने दुई महिलालाई प्रहरीले लतारेर छेउमा लगेको छ ।
शनिबार सिंहदरबार प्रवेश गर्न खोजेका निहारिका राजपुत र बिनु यादवलाई महिला प्रहरीहरुले घचेटेर तथा घिसारेर मूल सडकबाट छेउमा लगेका हुन् । प्रहरीले निहारिका र बिनुलाई सिंहदरबार प्रवेशमा निरनतर रोक लगाएको छ । उनीहरुले गृह मन्त्रालयमा आफ्ना समस्या राख्न पटक पटक प्रयास गरेका छन् ।
निहारिका ‘कुमारी आमा’का रूपमा परिचित छिन् । बिनु यादव घरेलु हिंसापीडित महिला हुन् । उनीहरुले गृह मन्त्रालय पुगेर आफ्ना माग तथा समस्या सम्बन्धित निकायसमक्ष राख्ने उद्देश्यले राखेर सिंहदरबार प्रवेश गर्ने दक्षिण गेटमा पुगेको बताएका छन् ।
प्रहरीले निहारिका र बिनुलाई सिंहदरबारको दक्षिणतर्फको मूल गेटमा रोकेपछि सिंहदरबार प्रवेश गर्ने मूल गेटमै छेकेर धर्ना बसेका थिए ।
निहारिका र बिनुले सिंहदरबारको मूल गेटअगाडि घन्टी बजाउँदै सरकारविरुद्ध विरोध प्रदर्शन गरेका हुन् । उनीहरू सडकमा बसेर आफ्ना माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै सांकेतिक प्रदर्शनमा उत्रिएको बताएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया