बैंकसँग मिलेर पूर्वमुख्यमन्त्रीद्वारा च्यौकीमायाको घर हडपेको भन्दै काठमाडौंमा प्रदर्शन, लामाद्वारा स्वीकार
काठमाडौं । भृकुटीमण्डपमा हाइज्याक भएको नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा र ज्योति विकास बैंकविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ ।
काठमाडौंमा रहेको जग्गालाई ज्योति विकास बैंकमा धितो राखेको घरलाई लिलाम निकालेर सेटिङमा पूर्वमुख्यमन्त्री लामालाई दिइएको भन्दै पीडितहरुले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका पीडितहरुले ज्योति विकास बैंकका सीईओ कपिल ढकाल र पूर्वमुख्यमन्त्री एवम् कांग्रेसका सहमहामन्त्री लामा मिलेर च्यौकीमाया तामाङको घर हडपेको आरोप आरोप लगाइएको छ । पीडितहरुले ज्योति विकास बैंकको केन्द्रीय कार्यालय, कमलपोखरीका सीईओ ढकाल र पूर्वमुख्यमन्त्री लामाको मिलोमतोमा कीर्ते जालसाजी गरेर च्यौकीमायाको घर हडपेको आरोप लगाइएको छ ।
पूर्वमुख्यमन्त्री लामाले पनि च्यौकीमायाको घर आफूले लिलाम लिएको स्वीकार गरेका छन् । उनले च्यौकीमायाको घरलाई आफूले कानून बमोजिम लिएको बताएका हुन् ।
यसबीच, पूर्वमुख्यमन्त्री लामाले सामाजिक सञ्जालमार्फत आफू र ज्योति विकास बैंकको मिलेमतोमा जालसाजी गरेर जग्गा हडपेको भन्ने विषयमा विभिन्न माध्यमबाट प्रसारित सामग्रीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘प्रसारित सामग्रीअनुसार, अपरिचित र यो घटनासँग कुनै सरोकार नै नभएकी एक जना महिलाले मेरो घरजग्गा बहादुरसिंह लामा र ज्योति विकास बैंकको मिलेमतोमा लिलाम गराएर उहाँ आफैँले स्वीकारेको भन्ने आरोप लगाएको देखिन्छ,’ पूर्वमुख्यमन्त्री लामाले भनेका छन् ।
पूर्वमुख्यमन्त्री लामाले भनेका छन्, ‘किस्पाङ–३ निवासी च्याउकीमाया तामाङ (च्यौकीमाया)को नाममा रहेको काठमाडौं जिल्ला, तारकेश्वर नगरपालिका–२ स्थित साढे दुई आना जग्गामा निर्माण भएको घर धितोबन्धक राखेर विगत चार वर्षअघि ज्योति विकास बैंकको नेपालटार शाखाबाट श्रीमती च्याउकीमाया तामाङले घर निर्माण कर्जा लिनुभएको थियो ।’
‘विगत दुई वर्षअघिदेखि आर्थिक अभावका कारण बैंकमा तिर्नुपर्ने ब्याज र किस्ता समयमा भुक्तानी गर्न नसकेपछि बैंकले पटक–पटक पत्राचार गरेर ताकेता गरेको थियो,’ पूर्वमुख्यमन्त्री तामाङले भने, ‘तत्पश्चात् पनि कर्जा भुक्तानी गर्न सक्ने कुनै आधार नदेखिएपछि बैंकले विगत चार महिनामा उक्त घरजग्गा लिलाम गर्नका लागि नयाँ पत्रिका राष्ट्रिय दैनिकमा पटक–पटक गरी चार पटकसम्म सूचना प्रकाशित गरेको थियो ।’
‘तेस्रो पटकसम्म सूचना प्रकाशित हुँदा समेत कसैले उक्त घरजग्गा स्वीकार नगरेपछि चौथो पटक सूचना प्रकाशनपश्चात् निज घरजग्गाधनी च्याउकीमाया तामाङले म, बहादुरसिंह लामासमक्ष उक्त घरजग्गा हाललाई आफूले स्वीकार गरिदिन अनुरोध गर्नुभएको थियो । बरु पछि आफ्नो व्यवहार सुल्झेपछि आफैँ फिर्ता लिने भन्दै उहाँले पटक–पटक अनुनयविनय गर्नुभएको थियो ।’
पूर्वमुख्यमन्त्री तामाङले आवश्यक प्रक्रिया पूरा गरी उक्त घरजग्गा लिलाम स्वीकार गरेको बताएका छन् । पूर्वमुख्यमन्त्री लामाले आफूविरुद्ध समाचार लेख्ने र प्रदर्शन गर्नेहरुलाई कानूनी कारबाही गर्ने धम्की दिएका छन् । उनले भनेका छन्, ‘कुनै सरोकार नै नभएका व्यक्तिहरूले मेरो चरित्रहत्या गर्ने मनसायका साथ गरेको यस्तो अनर्गल र दुस्प्रचारप्रति खेद व्यक्त गर्दछु । यसलाई थप प्रचारप्रसार गर्ने मनसायका साथ प्रकाशन गर्ने वा गराउने कार्य गरेमा कानूनी सहायता लिन बाध्य हुने व्यहोरा सम्पूर्णमा जानकारी गराउँदछु ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया