अकुत सम्पत्ति प्रकरणमा पक्राउ पर्ने डरले प्रचण्डकी छोरी विदेश हिँडिन्
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)की छोरी गंगा दाहाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राडरभित्र राखेर अनुसन्धान गरेको छ ।
स्रोतका अनुसार गंगालाई अख्तियार र विभागले कुनै पनि बेला गिरफ्तार गरेर अनुसन्धान गर्नेछ । अख्तियारले पनि गंगाको सम्पत्ति लगायतका विषयमा छानविन गरिरहेको बुझिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि गंगामाथि आन्तरिक रुपमा छानविन गरिरहेको छ । विभागले कुनै पनि बेला गंगालाई गिरफ्तार गरेर हिरासतमा राखेर अनुसन्धान गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।
गंगा हाल विदेशमा छिन् । पक्राउ पर्न सक्ने सम्भावना रहेपछि बच्नका लागि विदेश भागेको चर्चा सामाजिक सञ्जालमा चलेको छ । आफ्ना बुबा दाहालसँगै गंगा विदेश (श्रीलंका) गएकी छिन् ।
गंगा आफ्ना बुबा दाहाल प्रधानमन्त्री रहेका बेला लामो समय स्वकीय सचिवका रुपमा काम गरेकी छिन् । उनले नै तत्कालीन माओवादी र नेकपालाई स्वकीय सचिवका रुपमा सञ्चालन गरेकी थिइन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया