विष्णु पौडेलविरुद्ध २० करोड ९० लाख बिगो दाबीसहित सम्पत्ति शुद्धीकरणको मुद्दा दायर
काठमाडौं । एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलविरुद्ध २० करोड ९० लाख बिगो दाबीसहित सम्पत्ति शुद्धीकरण कसूरमा मुद्दा दायर भएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनकाअनुसार सरकारी वकिल कार्यालयले बिहीबार पौडेललाई बिचौलिया दीपक भट्टको सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मतियार ठह¥याउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो । पौडेलका साथै ६ व्यक्ति र १० कम्पनीविरुद्ध पनि मुद्दा दायर भएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेल ८ असारमा सुर्खेतबाट पक्राउ परेका थिए । उनीविरुद्ध पाँचौँपटकसम्म म्याद थप गर्दै अनुसन्धान गरिएको थियो । अर्थमन्त्री हुँदा बिचौलिया भट्टसँग अनैतिक र गैरकानूनी साँठगाँठ तथा पदीय जिम्मेवारीको दुरुपयोग गरी लाभ दिलाएको र अप्रत्यक्ष रूपमा त्यसको हिस्सा लिएकोलगायत आरोप पौडेलमाथि छ ।
यसअघि बीमा, धितोपत्र, बैंकिङ र सम्पत्ति शुद्धीकरणसम्बन्धी चार मुद्दा खेपेर कारागारमा रहेका भट्टविरुद्ध पनि पूरक अभियोगका रूपमा नयाँ मुद्दा दायर भएको छ । यस मुद्दामा भट्टविरुद्ध ४७ करोड ७७ लाख ६६ हजार २५० बिगो दाबी गरिएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया