धितोपत्र तथा बीमा सम्बन्धी कसूरमा दीपक र सुलभलाई छाड्न आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले बिचौलिया दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई धितोपत्र तथा बीमासम्बन्धी कसूरमा धरौटीमा छाड्ने आदेश दिएको छ ।

बिहीबार न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बीमासम्बन्धी कसूरमा अग्रवालसँग दुई करोड तथा अग्रवालसँग डेढ करोड धरौटी माग गरेको हो । धितोपत्रको कसूरमा अग्रवाललाई डेढ करोड तथा भट्टसँग १ करोड धरौटी माग भएको छ ।

नक्कली अशंबन्डा गरेर हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयर बिक्री गरेको अर्काे मुद्दामा सुलभसँग अदालतले दुई करोड ३० लाख धरौटी माग गरेको छ ।

धरौटी माग भए पनि उनीहरू तत्काल रिहा भने हुने छैनन् । सम्पत्ति शुद्धीकरणको कसुरमा यसअघि विशेष अदालतले उनीहरूलाई पुर्पक्षमा थुनामा पठाएको थियो । उनीहरूविरुद्ध एमाले नेता विष्णु पौडेलसँग जोडिएको कारोबारमा पनि छुट्टै मुद्दा दायर भएकाले तत्काल छुट्ने छैनन् ।

Published : Friday, 2026 July 17, 11:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया