भृकुटीमण्डपमा हाइज्याक भएको कांग्रेसको अवस्था खराब, ओलीले गगन–विश्वलाई पावर देखाइदिए
काठमाडौं । भृकुटीमण्डप भेला अर्थात् कथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेस हाइज्याक गरेर गगनकुमार थापा सभापति र विश्वप्रकाश शर्मा उपसभापति बनेका बेला एमालेले उनीहरूलाई ठूलो झट्का दिएको छ ।
प्रदेश सरकारहरूमा आफू अनुकूलका मन्त्रीहरू बनाउन गगन र विश्वले निरन्तर प्रयासहरू गरिरहेका छन् । गगनभन्दा पनि विश्वप्रकाशले प्रदेश सरकारहरू परिवर्तन गर्न रुचि राखेका छन् । कांग्रेस नेताहरूका अनुसार विश्वप्रकाशले आफ्ना षड्यन्त्रकारी सम्पर्क कार्यालयहरूमा आफू निकटका नेता तथा कार्यकर्ताहरूलाई भेट गरेर गतविधि गर्दै आएका छन् । विश्वप्रकाशले कोशी प्रदेश सरकारमा आफू निकटको व्यक्तिलाई मुख्यमन्त्री बनाउन चाहेका छन् ।
गगन र विश्वप्रकाशले एमालेका अध्यक्ष केपी ओलीलाई पटक पटक भेट गरिसकेका छन् । प्रदीप पौडेलले पनि ओली र पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट गरेका छन् । तर, ओलीले बदलिएको अर्थात् २.० कांग्रेसलाई टेरपुच्छर लगाएका छैनन् ।
एमालेका अध्यक्ष ओलीले टेरपुच्छर नलगाएपछि गगन–विश्वपकाश र प्रदीप पौडेलले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग पनि निरन्तर भेटवार्ता र सम्वाद गरिरहेका छन् ।
हाइज्याक भएको कांग्रेसका नेताहरूको गतिविधिबारे जानकार अध्यक्ष ओलीले बरु कांग्रेसलाई प्रदेश सरकारहरूबाट हटाइदिने तर, गगन–विश्वप्रकाशसँग गठबन्धन गरेर जाने पक्षमा छैनन् । ओलीको रणनीति बुझेपछि गगन–विश्वप्रकाशले सबै प्रदेशहरूमा हलचल ल्याउन प्रयास गरिररहेका छन् । गगन–विश्वप्रकाशका कारण अधिकांश प्रदेशहरूमा कांग्रेस सत्ताभन्दा बाहिर जाने सम्भावना बढेको नेताहरूले बताएका छन् ।
कर्णाली प्रदेशमा कांग्रेसका सबै मन्त्रीहरूले राजीनामा दिएका छन् । एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारलाई बचाउन एमालेले नेकपासँग सम्वाद चलाउन थालेको छ ।
त्यस्तै अवस्था रह्यो भने एमाले र नेकपाबीच गठबन्धन गरेर सरकार बनाउने तयारी पनि छ । संख्या पुगेन भने साना दलहरूलाई पनि समावेश गराउने एमालेको तयारी छ ।
भृकुटीमण्डप भेलाबाट गगनले कांग्रेसलाई हाइज्याक गरेर कानूनी मान्यता पाए पनि कांग्रेसको नेता तथा कार्यकर्ताको भाँचिएको मनमा बैधता दिन सकेका छैनन् । कांग्रेस विभाजनको संघारमा छ । यस्तो अवस्थामा गगनलाई एमालेले प्रदेश सरकारहरूबाट हटाएर सडकमा जान बाध्य बनाउँदैछ ।
ओलीसँग सहमति गरेर प्रदेश सरकारहरू परिवर्तनका लागि कोशी र सुदूरपश्चिम प्रदेश सरकारको बजेट फेल गराउनेसम्मको विषयमा ओली–गगन र विश्वप्रकाशबीच सम्वाद भएको स्रोतले जनाएको छ । कोशी र सुदूरपश्चिम प्रदेशको बजेट पास हुन सकेको छैन । ओली कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीलाई हटाएर अर्कैलाई बनाउन चाहन्छन् । विश्वप्रकाश पनि आफू निकटको व्यक्तिलाई मुख्यमन्त्री बनाउन चाहन्छन् । ओली र विश्वप्रकाशको स्वार्थ कोशीमा बाझिएको छ । विश्वप्रकाशले ओलीलाई सुदूरपश्चिममा मुख्यमन्त्री बनाउन आग्रह गरेका छन् । तर, ओलीले मानेका छैनन् ।
हाइज्याक भएको कांग्रेसभित्र अर्को जोखिम पनि छ । बदलिएको कांग्रेस भन्दै आएका गगन र विश्वप्रकाशले आफ्नो हठ र जिद्दी छाडेनन् भने प्रदेशमा कांग्रेसकै केही सांसदहरूले फ्लोर क्रस गरेर गगन–विश्वप्रकाशलाई औकात पनि देखाइदिने तयारी गरेको एक नेताले बताएका छन् ।
प्रदेश सभाको कार्यकाल मुस्किलले ८/९ महिना बाँकी छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले फागुन वा चैत महिनाभित्रै प्रदेश र स्थानीय तहको निर्वाचन एक पटक गर्न खोजेका छन् । त्यसको गृहकार्य पनि भइरहेको छ । यस्तो अवस्थामा कांग्रेसका सांसदहरूले फ्लोर क्रस गरेर सरकार बनाउन चाहने दललाई बहुमत पुर्याइदिएर बदला लिने सम्भावना पनि छ ।
गगन र विश्वप्रकाशले समानुपातिक सांसदहरूलाई अनुशासनको कारबाही गरेर सांसद पद खोसिदिनेसम्मका धम्की पनि दिन थालेका छन् । तर, उनीहरूलाई के कुराको जानकारी नहुन सक्छ भने न्याय दिने सर्वोच्च अदालत पनि छ । गगन–विश्वप्रकाशले केही समयका लागि समानुपातिक सांसदहरूको पद त खाइदेलान् तर, सर्वोच्च अदाललते सांसद पद फर्कादिनेछ । विगतको नजिरहरू प्रसस्त छन् ।
प्रदेश सरकारमा मुख्यमन्त्री र मन्त्रीहरू परिवर्तनका लागि गगन–विश्वप्रकाशले ओलीसँग पटक पटक सम्वाद गरेका छन् । ओलीले विगतमा गगन–विश्वप्रकाशलाई ‘एमाले भन्ने पनि पार्टी छ । त्यो एमाले पार्टीको अध्यक्ष केपी ओली हो । कार्यकर्तासँग वार्ता गर्ने ?’ भनेर जवाफ दिइसकेका छन् । गगन–विश्वप्रकाशले प्रदेश सरकारहरू परिवर्तन (मुख्यमन्त्रीहरू र मन्त्रीहरू) गर्नका लागि उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसँग वार्ता गरेपछि रिसाएका ओलीले झण्डै दुई महिना अगाडि गगन–विश्वप्रकाशलाई त्यस्तो जवाफ दिएका थिए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया