गणेशको परिवारलाई कांग्रेस नेता बस्नेतको सहयोग, छोरीलाई पढाउने र १ लाख दिने घोषणा
काठमाडौं । आत्मदाहको प्रयासपछि निधन भएका गणेश नेपालीको छोरीलाई नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले स्नातक तहसम्म पढाई दिने घोषणा गरेका छन् ।
शनिबार सुर्खेत रंगशालामा आयोजित कार्यक्रममा नेता बस्नेतले आत्मदाह गरेका नेपालीकी छोरीलाई स्नातक तहसम्म पढाई दिने घोषणा गरेका हुन् ।
तत्कालका लागि कांग्रेस नेता बस्नेतले नेपालीको परिवारलाई एक लाख रुपियाँ आर्थिक सहयोग गर्ने पनि घोषणा गरेका छन् । बस्नेतले भने, ‘जसको मृत्यु भएको छ, उहाँको पौस्टिक आहार खान र घर वयहार मिलाउनका लागि एक लाख रुपियाँ म तरुन्त व्यवस्था गरिदिन्छु ।’
उनले भने, ‘र त्यो बच्चालाई काठमाडौं महानगरपालिकाले के गर्छ थहा छैन । सुनिताजी ( सुनिता डंगोल)को कार्यकाल पछि भोलि अर्कोले गर्छ गर्दैन थाहा छैन ।’
‘त्यसकारण यो बच्चाको सुरक्षाका लागि, लामो पढाइका लागि स्नातकसम्म निःशुल्क पढाई दिने व्यवस्थाका लागि म पहल गरिदिन्छु,’ नेता बस्नेतले भने, ‘यो काम गरिदिन्छु । यो पनि म यहाँ घोषणा गर्न चाहन्छु ।’
नेपालीको शुक्रबार उपचारका क्रममा काठमाडौंको वीर अस्पतालमा निधन भएको छ । बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागनजिकै नेपालीले आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भएका थिए । नेपालीको उपचारका क्रममा निधन भएको थियो ।
कांग्रेस नेता बस्नेतले तीन वर्ष अघि संसद् भवन अगाडि आत्मदाह गरेका प्रेम आचार्यका दुई सन्तानलाई पनि निःशुल्क अध्ययनको व्यवस्था मिलाएका थिए । सिन्धुपाल्चोकका बाढी, पहिरोपीडितलाई र प्रभावितहरूलाई सहयोग गर्दै आएका नेता बस्नेतले विपतमा परेका नागरिकको सहयोका लागि तत्काल पुग्ने गरेका छन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया