नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई पूर्वमन्त्रीसहित १४ जना दोषी ठहर
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १४ जनालाई दोषी ठहर गरेको छ ।
मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो । उक्त मुद्दामा ७ जनाले सफाइ पाएका छन् । सफाइ पाउनेहरुमा रामशरण के.सी., टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आषिश बुढाथोकी रहेका छन् ।
फरार रहेका अभियुक्तका हकमा पक्राउ परेका बखत कानून बमोजिम हुने गरी मुद्दा मुल्तबीमा राखिएको छ । दोषी ठहर हुनेहरूमा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री खाणसहित केशव दुलाल, सानु भण्डरी, सागर राई, सन्देश शर्मा, इन्द्रजीत राई, गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे रहेका छन् । उनीहरूले संगठित रुपमा ठगी गरी उक्त कसूरबाट राज्यविरुद्धको अपराध गरेको अदालतको संक्षिप्त आदेशमा उल्लेख छ ।
एकीकृत कसूरतर्फ खाण, टेकनाथ रिजाल, नरेन्द्र के.सी., शमशेर मियाँ, हरिभक्त महर्जन, निरञ्जकुमार खरेलले राज्यविरुद्धको कसूरमा मतियारका रुपमा अपराध गरेको आदेशमा उल्लेख छ ।
फरार प्रतिवादीहरु अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाईं, निरज राई, राजेश अर्याल, मोहनराज राई, विनिता सावदेन लिम्बू र सुनील बुढाथोकी पक्राउ परेका बखत कानूनबमोजिम हुनेगरी मुद्दा मुलतवीमा राखिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया