गगनले कांग्रेस तहस नहस बनाएका बेला पार्टी बचाउन देउवा पक्षीय नेताहरूको बैठक आह्वान
काठमाडौं । गगन थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेर तहस नहस बनाएका बेला पार्टी बचाउन परामर्श गर्न नेता पूर्णबहादुर खड्काले शेरबहादुर देउवा पक्षीय नेताहरूको बैठक बोलाएका छन् ।
शुक्रबार दिउँसो २ बजे काठमाडौंको गल्फुटारस्थित निवासमा पूर्व कार्यबाहक सभापति खड्काले बैठक बोलाएका हुन् ।
बैठकमा शेरबहादुर देउवा पक्षीय नेताहरूको राष्ट्रिय भेलाको विषयमा छलफल हुनेछ । राष्ट्रिय भेलाको मितिबारे पनि छलफल हुनेछ ।
शेरबहादुर देउवा पक्षीय नेताहरूले यसअघि सात वटा प्रदेशमा प्रदेशस्तरीय भेला गरिसकेका छन् । सोही क्रममा असार १६ गते लुम्बिनी प्रदेशको भेला गरिएको थियो ।
बैठकमा नेताहरू पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा.प्रकाशशरण महत, एनपी साउद, रमेश लेखक लगायतका नेताहरूको सहभागिता रहनेछ ।
बिहीबार नेता विमलेन्द्र निधिको निवासमा निधिका साथै डा. शशांक कोइराला र प्रकाशमान सिंहबीच छलफल भएको थियो । उनीहरूका बीच राष्ट्रिय भेला गर्नेबारेमा सहमति भएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया