चितवनबाट फर्किने वित्तिकै आयोगले सोध्यो रास्वपासँग स्पष्टीकरण
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टीको सदस्यता बाँडेको विषयमा स्पष्टीकरण सोधेको छ ।
विभिन्न ठाँउबाट आयोगलाई त्यसबारेमा जानकारी आएको जनाएको छ । आयोगले गत सोमबार जानकारी पेस गर्न रास्वपाको केन्द्रीय कार्यालयमा पत्राचार गरेको छ ।
आयोगले पत्रमा ‘बालबालिकाहरूलाई पार्टी सदस्यको रूपमा संगठित गरेको’ भन्ने समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रकाशित समाचारका बारेमा धारणा पेस गर्न निर्देशन दिएको छ ।
पार्टीको चितवन महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा बालबालिकालाई सदस्यता बाँडेको भन्ने विवरण उल्लेख भएको र त्यो काम प्रचलित कानून र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत हुने भन्दै आयोगले रास्वपाको जवाफ मागेको छ ।
बुधबार प्रेस विज्ञप्ति जारी गरेर आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले भनेका छन्, ‘पार्टी महाधिवेशनमा प्रस्तुत गरिएको भनिएको प्रतिवेदनमा १८ वर्षमुनिका बालबालिकालाई सो पार्टीबाट सदस्यता वितरण गरिएको भए त्यस्तो कार्य प्रचलित नेपाल कानून र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने हुँदा उनीहरूलाई पार्टी सदस्यता वितरण भए नभएको सम्बन्धमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१(१) अनुसार अनुरोध गरिएको छ ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया