देवराजको गुटगत हर्कतले प्रवासमा कांग्रेस कमजोर
ह्यामबर्ग । भृकुटीमण्डप भेला अर्थात् कथित विशेष महाधिवेशनबाट गगन थापाले पार्टी कब्जा गर्दै आफूलाई सभापति घोषणा गरे । सभापति मात्रै होइन भावी प्रधानमन्त्रीको घोषणा गरेर निर्वाचनमा जाँदा समेत लज्जास्पद रुपमा आफू त पराजित भए नै, सँगै कांग्रेसलाई पनि इतिहासकै लज्जाजनक अवस्थामा हराए ।
निर्वाचन आयोग र सर्वोच्च अदालतबाट कांग्रेसको बैधता पाएका थापाले पार्टी कब्जा गर्दैगर्दा भनेका थिए, ‘अब कांग्रेसमा गुटसकियो । सबैले न्याय पाउछन् ।’ गुटको अन्त्य भयो भनेर थापाले पार्टीका निष्ठावान र निस्वार्थ कार्यकर्ताको मन जितेका थिए । थापालाई नजिकबाट चिन्नेले उनमा उर्जा देखिन्छ तर, त्यो उर्जालाई व्यक्तिगत अहँकार र उच्च महत्वाकांक्षाले ढाकेको छ । स्वार्थको घेराबाट थापा निर्देशित रहेकाले समग्र कांग्रेस र देशको पक्षमा त्यो उर्जा प्रयोग हुनेमा ढुक्क थिएनन् । कथित् विशेष महाधिवेशन पछि आमचुनाव र कांग्रेसको आन्तरिक संगठनात्मक गतिविधिले हिजो थापाको व्यक्तिगत महत्वाकांक्षामा शंका गर्नेलाई अझै थप सशंकित बनाएको छ ।
१५औँ महाधिवेशनका लागि भनेर नवीकरण भइसकेको क्रियाशील सदस्यता अध्यावधिको सन्दर्भमा जिम्मेवार भएर सबैलाई समाल्नुको सट्टा, आए, आउ, नआए हामी हिँड्यौँ भन्दै आफै हिँड्नु र नआए तिमी फलानोको कार्यकर्ता हौँ भन्न लगाउनु आफैमा जिम्मेवारपूर्ण कार्य होइन । यो र यस्तो गम्भीर गतिविधिलाई निस्वार्थ कार्यकर्ताले डायरीमा दैनिक टिपोट गरिरहेका छन् । निस्वार्थ कार्यकर्ता कांग्रेस मार्फत देशको समृद्धि र न्यायमा आधारित समतामुलक समाज चाहन्छ । को नेतृत्वमा छ खास सम्बध राख्दैन, नेतृत्वले कसरी काम गर्दैछ नजिकबाट हेरिरहेको हुन्छ ।
निसन्देहः क्रियाशील सदस्यता अध्यावधि र डिजिटलाइज गर्नु पार्टीलाई प्रबिधि मैत्री र समय सापेक्ष बनाउनु हो । तर, बिशेष महाधिवेशन पश्चात पार्टी संगठनमा एकपछि अर्को एकतर्फिया फरमान चलाउनु र यसको सान्दर्भिकतामा प्रश्नहरु गर्नेलाई कांग्रेस रहँदैनौ भन्नु– एक परिपक्क र दुरगामी भिजनरी लिडर्शिप होइन । यी र यस्ता गतिविधिले कांग्रेस कमजोर हुन्छ, जुन कांग्रेसका निस्वार्थ कार्यकर्तालाई स्वीकार्य छैन ।
किन गगन थापाको नेतृत्व कमजोर हुँदैछ ?
(क) क्रियाशील सदस्यता अध्यावधिको औचित्य र आवश्यकतालाई बुझाउनको सट्टा धम्कीपूर्ण भाषण बाजी गर्दै कांग्रेसका मियो कार्यकर्तामा असुरक्षा पैदा गर्नु ।
(ख) कांग्रेसको मूलनीति न्यायमा आधारित समतामूलक समाज निर्माणको प्रयाश र पैरवीको सट्टा राजनीतिक क्यारियरबाद, भित्री क्रोनि क्यापिटालिजम र कृपाबाद पार्टीमा चरम रुपमा मौलाउनु ।
(ग) फरक मत र रचनात्मक चेतका प्रश्नहरु सुन्ने चेस्टा त परको कुरा तीबिरुद्ध आफ्नो साइबर संजाल भाइ घन्टेको रुपमा उत्रन प्रेरित गर्नु ।
(घ) नव–लोकप्रियबाद, भिड्तन्त्रको प्रिय बनिरहने चेस्टा साथै चिप पोलिटिकल सेलेबल कमोडीटी बन्न खोज्नु ।
(ङ) संगठानात्मक रुपमा आफू जसोतसो टिकिरहन पार्टीसट्टाको मनपरी प्रयोग गर्दै भित्री रुपमा आफूनिकट सांगठानिक गुट निर्माणमा लाग्नु ।
यो अन्तिम बुँदा अनुसार, पार्टी प्रवक्तामा नियुक्त गरिएका थापाका विश्वाश पात्र देवराज चालिसे नेपाली जनसम्पर्क समितिहरुमा आफ्नो बर्चस्व कायम राख्न आन्तरिक रुपमा यूरोप पठाएका छन् ।
पार्टीको आधिकारिक र आंगिक प्रवास संगठनलाई जानकारी नदी आफ्ना निकटस्थहरु भेट्दै र अब जनसम्पर्क समितिमा यस्तो हुन्छ भन्दै हिँड्नु यसको ज्वलन्त उदाहरण हो ।
नेपाली जनसम्पर्क समितिका सम्बन्धमा सभापति थापाजीको चाहना छ भनि प्रवक्ता चालिसे हिजो गगन थापानिकटलाई च्याप्दै हिँड्नु, विशेषको पक्षमा हिजो नरहेका जनसम्पर्क समितिका सभापतिहरुबिरुद्ध पार्टी नियमावली, बिधि र नीतिबिरुद्ध बर्खास्तीको धम्की दिँदै हिँड्नुले – मास म्यानिपुलेसमा पोख्त थापा व्यक्ति महत्वकांक्षाको सिकार बनिसकेको त छैनन् । चालिसेसँग भेटघाटमा बसेका ह्यामबर्ग निवासी एक पुराना कांग्रेस कार्यकर्ताले बताएका छन् ।
नेपालको राजनीतिक विकासक्रममा नेपाली कांग्रेस एक इतिहास हो, बर्तमान हो र भबिष्य पनि हो भन्ने चेत राखेर समय सापेक्ष पार्टी रुपान्तरण हुँदै देशको समग्र विकासमा कांग्रेस काविल र सामर्थ्यवान हुनुपर्छ भन्ने विश्वास राख्ने केहि कार्यकर्ता र तमाम शुभचिन्तक नेपाली कांग्रेस नेतृत्वको यो ढंगको गतिबिधि र प्रस्तुतिबाट चिन्तित रहेको यूरोप कांग्रेसको ठम्याई रहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया