गगनका कारण कांग्रेस कमजोर भएका बेला लामो समयपछि कम्युनिस्टहरूको लोभलाग्दो उपस्थिति

काठमाडौं । लोकतान्त्रिक शक्तिहरू कमजोर भइरहेका बेला नेपालका प्रमुख कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू लामो समयपछि एउटै मञ्चमा देखिएका छन् ।

फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा मुलुककै पुरानो र ऐतिहासिक पार्टी नेपाली कांग्रेस गगनकुमार थापाका कारण निकै कमजोर तथा प्रजा परिषदको हालतमा पुगेका बेला दुई ठूला कम्युनिस्ट शक्तिहरू नजिकिएका छन् । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरू आइतबार काठमाडौंमा एउटै मञ्चमा उभिएर एकताको सन्देश दिएका छन् ।

फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा अचानक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झण्डै दुईतिहाइ बहुमत पाएपछि कम्युनिस्ट पार्टीका नेताहरू निकै कमजोर अवस्थामा देखिएका छन् । कांग्रेस पार्टी पनि निकै कमजोर अवस्थामा छ ।

गगगन थापाले निर्वाचनको मुखमा कांग्रेसभित्र भाँडभैलो मच्चाए । भृकुटीमण्डपको भेलालाई कथित विशेष महाधिवेशन भनेर निर्वाचन आयोग र सर्वोच्च अदालतबाट कांग्रेस कब्जा गरेपछि गगन थापाका कारण कांग्रेस पार्टीको दुरदशा बनेको छ ।

गगन थापाका कारण कांग्रेस इतिहासकै नाजुक अवस्थामा छ । कांग्रेस आफ्नो लयमा उभिने अवस्थामा छैन । यस्तो अवस्थामा मुलुकमा लोकतान्त्रिक शक्ति निकै कमजोर बनेको छ । त्यो अवस्थामा कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले एउटै मञ्चमा उभिएर मुलुकलाई निरंकुशताबाट बचाउन बाम गठबन्धन र त्यसपछि बाम एकतामा जोड दिएका छन् ।

पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवम् नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड), पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्व प्रधानमन्त्री झनाथ खनाल तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एउटै मञ्चबाट बाम सहकार्य, एकता र गठबन्धनमा अभिव्यक्ति दिएका छन् । उनीहरूको अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा हलचल ल्याइदिएको छ ।

कम्युनिस्ट पार्टीमा देखिएको विभाजन र मनमुटावले पनि मुलुकमा रास्वपाको झण्डै दुईतिहाइको सरकार निकरंकुश बन्ने सम्भावना र खतरा बढेको छ । नेपाली कांग्रेसको त झन् कुरै गर्ने अवस्था छैन । गगन थापाले १४औँ महाधिवेशनका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा प्रवेश गर्न दिएका छैनन् ।

अब कम्युनिस्ट पार्टीहरूका बीच शुरुवाती दिनमा बाम गठबन्धन गरेर राजनीतिक सहमति र सहकार्यका साथ अगाडि बढ्दा झण्डै दुईतिहाइको सरकारलाई चेक एण्ड ब्यालेन्सको अवस्था हुन सक्छ । यदि कम्युनिस्टहरूका बीच गठबन्धन भयो भने संविधानको रक्षा हुने सम्भावना छ । होइन भने मुलुकको संविधान, लोकतन्त्र, राष्ट्रियता नै खतरामा पर्ने सम्भावना रहेको छ ।

बाम गठबन्धन वा बाम एकता हुनेवित्तिकै सबैभन्दा पहिला ठूलो असर प्रदेश सरकारहरूमा पर्नेछ । सबै प्रदेशबाट कांग्रेस सत्ताभन्दा बाहिर जानेछ । अहिलेसम्म शेरबहादुर देउवाको रणनीति र राजनीतिक इमान्दारिताका कारण कांग्रेस प्रदेशहरूमा सत्तामा छ । गगन थापाकै कारण प्रदेशहरूबाट कांग्रेस सत्ताच्युतको अवस्थामा पुग्ने सम्भावना बढेर गएको छ ।

बाम गठबन्धन वा एकता भयो भने प्रतिनिधि सभामा पनि समीकरण परिवर्तन हुनेछ । कम्युनिस्टहरूका बीच एकता हुँदा कांग्रेस तेस्रो दलमा सीमित हुनेछ । गगन थापाका कारण जम्मा ३८ सिटमा खुम्चिएको कांग्रेसको हालत झन् खराब हुने दिन आउँदै छन् ।

Published : Sunday, 2026 June 28, 11:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया