कांग्रेस छियाछिया भएका बेला ससुराली पुगेर गगनले भने, ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’

काठमाडौं । भृकुटीमण्डप भेला अर्थात् कथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेस हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेपछि निर्वाचन आयोग र सर्वोच्च अदालतबाट आधिकारिकता पाएका गगनकुमार थापाले नुवाकोटको छोरी राम्रो भनेर टिप्पणी गरेका छन् ।

आइतबार ससुराली जिल्ला नुवाकोट पुगेका थापाले कांग्रेसका नेता तथा कार्यकर्ताहरूसँग भनेका छन्, ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो ।’ थापालाई आफ्ना काका ससुरा जगदीश्वर नरसिंह के.सी.ले स्वागत गरेका छन् ।

काका ससुरा एवम् कांग्रेसका नेता के.सी.ले थापालाई आफ्नो निर्वाचन क्षेत्र भएको र सजिलो बाटोबाट नआएर आफ्ठ्यारो बाटोबाट आएको भनेर टिप्पणी गरेका छन् ।

निकै खुसी अवस्थामा देखिएका थापाले ब्राण्डेड कालो चस्मा, हल्का हरियो सर्ट, कालो पाइन्छ र कालो जुत्ता लगाएका छन् ।

ससुराली जिल्ला नुवाकोट पुगेका थापा के कारण गएका हुन् केही भनिएको छैन । तर, आफ्नी पत्नी र बाटोको विषयमा अभिव्यक्ति दिएर थापाले पटक पटक मन्त्री, सांसद बनेका ससुरा अर्जुन नरसिंह के.सी.लाई ब्याङ्ग्य गरेका छन् ।

थापा पनि चार पटक गरी २० वर्ष सांसद, एक पटक मन्त्री, केन्द्रीय सदस्य पटक पटक, महामन्त्री एक कार्यकाल बनेका छन् । उनले २० वर्षको कार्यकालमा ससुराली जिल्ला नुवाकोटको किन विकास गरेनन् प्रश्न उठेको छ ।

थापाका ससुरा पटक पटक सांसद, मन्त्री, पदाधिकारी र केन्द्रीय सदस्य बनिसकेका छन् । ज्वाइँ थापा र ससुरा अर्जुन नरसिंह के.सी.ले नुवाकोटको किन विकास गर्न सकेनन् थापाको अभिव्यक्तिले गम्भीर प्रश्न उब्जाएको छ ।

तीन महिना अगाडि रास्वपामा प्रवेश गरेर निर्वाचनबाट झण्डै दुईतिहाइको बहुमत ल्याएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले काम गर्न सक्ने । करीव ५ महिनामा राजनीतिक दल स्थापना गरेर रास्वपालाई ३ वर्षमै झण्डै दुईतिहाइ बहुमतमा ल्याउने सभापति रवि लामिछानेले गर्न हुने तर, थापा र के.सी.ले पटक पटक मन्त्री र सांसद हुँदा समेत नुवाकोटको विकास गर्न नसक्ने कसको कमजोरी हो ? भनेर प्रश्न उठेको छ ।

थापाको कथित विशेष महाधिवेशनले नेपाली कांग्रेस छियाछियाको अवस्थामा छ । प्रतिनिधि सभाको निर्वाचनमा निकै कमजोर अवस्थामा छ । कांग्रेस पराजित भएको छ । असन्तुष्ट समूहलाई पनि वार्ता र सम्वाद गरेर पार्टी एकता गर्नुपर्ने थियो । तर, थापाले असन्तुष्ट समूहलाई कांग्रेसमा प्रवेश गर्न दिएका छैनन् । कथित अध्यावधिका नाममा १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गरेकाहरूलाई पनि पार्टीले नचिन्ने भनेर अघोषित रुपमा लाखौँ क्रियाशील सदस्यहरूलाई कांग्रेसबाट निकालेको सन्देश दिएका छन् ।

Published : Sunday, 2026 June 28, 7:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया