झण्डै ९ करोड हिनामिना प्रकरणमा कांग्रेस नेता शेर्पा पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले झण्डै ९ करोड हिनामिना प्रकरणमा नेपाली कांग्रेसका नेता एवम् अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्माछेरिङ शेर्पालाई ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा पक्राउ गरेको छ ।
शुक्रबार ब्यूरोको टोलीले ५४ वर्षीय शेर्पालाई काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको गणेशचोकबाट पक्राउ गरेको हो । टुङ्गरम ईन्टरनेशनल एकेडेमी प्रा.लि. को कार्यकारी प्रमुख भई एकल हस्ताक्षरबाट खाता सञ्चालन हुने जिम्मेवारी लिएकोमा कार्यरत अवधिमा आफ्नो जिम्मामा रहेको सम्पत्ति शेर्पाले विभिन्न प्रपञ्च गरी आफू र आफ्नालाई लाभ तथा विद्यालयलाई अनुचित नोक्सानी पुर्याउने कार्य गरेको ब्यूरोका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपशम्शेर जबराद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
‘टुङ्गरम ईन्टरनेशनल एकेडेमी प्रा.लि.को तर्फबाट अख्तियार प्राप्त रामचन्द्र बहाला श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कर्माछेरिङ शेर्पा समेत भएको जाहेरी सम्बन्धमा निज प्रतिवादी कर्मा छेरिङ शेर्पा समेतले टुङ्गरम ईन्टरनेशनल एकेडेमी प्रा.लि. को कार्यकारी प्रमुख भई एकल हस्ताक्षरबाट खाता सञ्चालन हुने जिम्मेवारी लिएकोमा कार्यरत अवधिमा आफ्नो जिम्मामा रहेको सम्पत्ति विभिन्न प्रपञ्च गरी आफू र आफ्नालाई लाभ र विद्यालयलाई अनुचित नोक्सानी पु¥याउने नियतले कार्य गरी विभिन्न डर, त्रास, अनुचित प्रभावमा पारी विद्यालयको रु.८,७८,३०,८०२/- रकम हिनामिना गरेको,’ ब्यूरोको विज्ञप्तिमा भनिएको छ ।
‘विद्यालयको भक्तपुर जिल्ला, दधिकोट–२ मा रहेको जग्गामध्ये करिव २९–४–२–१ रोपनी जग्गा निज सम्बद्ध कम्पनीहरूलाई बिक्री गरेको, विद्यालयका लागि सवारी साधन खरिद गर्ने रकमबाट व्यक्तिगत तथा निज सम्बद्ध कम्पनीको नाममा जग्गा जमिन र सवारी साधन खरिद गरी विद्यालयको हक टुटाई आफ्नो जिम्मामा रहेको विद्यालयको रकम हिनामिना गरी आफ्नो व्यक्तिगत लाभ लिई ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा कानून बमोजिम कारवाहीको लागि प्राप्त हुन आएको,’ ब्यूरोले भनेको छ ।
‘जाहेरी दरखास्त सन्दर्भमा ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धानको सिलसिलामा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. १ घर भई हाल काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका वडा नं. ६, गणेशचोक बस्ने वर्ष ५४ को कर्माछेरिङ शेर्पालाई पक्राउ गरी अनुसन्धान गर्न सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गर्ने अनुमति लिई आज मिति २०८३/०३/१२ गते निज कर्माछेरिङ शेर्पालाई काठमाडौ जिल्ला, बुढानिलकण्ठ नगरपालिका, वडा नं. ६, गणेशचोकबाट पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया