कांग्रेस कमजोर बनाउने खलनायक गगन थापा : मोहन बस्नेत
विराटनगर । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीको वर्तमान नेतृत्वकै कारण कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको बताएका छन् ।
आइतबार विराटनगरमा शेरबहादुर देउवा र डा.शेखर कोइराला पक्षीय नेताहरुको कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री बस्नेतले पार्टीभित्रको क्रियाशील सदस्यता विवादको नाममा भएको नौटंकीको विरोध गरेका छन् ।
नेता बस्नेतले नेतृत्वले योजनाबद्ध रूपमा पुराना, स्थापित तथा योगदान गरेका नेताहरूलाई पाखा लगाउने प्रयास गरिरहेको बताए । वीपी कोइरालाका पुत्र डा.शशांक कोइराला, गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण सिंहका पुत्र विमलेन्द्र निधिजस्ता प्रभावशाली नेताहरूको क्रियाशील सदस्यता नवीकरण प्रक्रियामा समेत अवरोध सिर्जना गरिएको बस्नेतले बताए ।
‘वीपी पुत्रदेखि ६०–६५ वर्ष पार्टीमा लगानी गरेका सिनियर नेताहरूको सदस्यता रद्द हुने तर, नयाँका नाममा २४सैँ घण्टा बिना कुनै डाटा मान्छे भर्ने काम भइरहेको छ,’ बस्नेतले भने, ‘यो कांग्रेस सिध्याउने षड्यन्त्र हो ।’
नेता बस्नेतले पार्टीलाई कमजोर बनाउने कार्य विभिन्न बहानामा हुँदै आएको बताएका छन् । उनले कांग्रेस कमजोर हुनुको मुख्य जिम्मेवार वर्तमान सभापति गगन थापा रहेको बताए ।
‘कांग्रेसलाई इतिहासकै कमजोर बनाउने काम विभिन्न नाटकबाट भयो । त्यसको मुख्य पात्र वा खलनायक भन्नुस्, हाम्रा अहिलेका सभापति गगन थापाजी हुन्, उनबाट पार्टी मिल्छ भनेर के आश गर्ने ?’ उनले भने ।
कांग्रेसका नेता बस्नेतले पार्टीभित्रको विवाद समाधान गर्दै संगठनलाई एकताबद्ध बनाउन सबै नेता–कार्यकर्तालाई एकढिक्का भएर लाग्न आह्वान गरेका छन् ।
कांग्रेसलाई बलियो बनाउने हो भने आन्तरिक लोकतन्त्र, निष्पक्ष सदस्यता व्यवस्थापन र पुराना कार्यकर्ताको सम्मान सुनिश्चित गर्न आवश्यक रहेको नेता बस्नेतले बताएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया