लुम्बिनीमा पनि रवि निकटका सभापतिका उम्मेदवार विजयी, बालेनको टिम पराजित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सभापतिमा शालिकराम घिमिरे विजयी भएका छन् ।

दाङको घोराहीको सभागृहमा भएको निर्वाचनमा कुल ५४२ मत खसेको खसेको थियो । सभापतिका लागि भएको चुनावमा कसैको पनि ५१ प्रतिशत मत नआएपछि पुनः मतदान गर्नुपर्ने अवस्था आएको थियो । धेरै मत पाउनेमध्ये दोस्रा उम्मेदवार गोपाल घिमिरेले समर्थन गरेपछि सालिकराम रास्वपाको लुम्बिन प्रदेश सभापति पदमा विजयी भएका हुन् ।

सभापतिमा निर्वाचित भएका शालिकराम रास्वपाका सभापति रवि लामिछाने निकटका हुन् । बालेन्द्र शाह (बालेन) निकटका सभापति पदका उम्मेदवारहरु भने पराजित भएका छन् ।

शालिकरामका पक्षमा १९९ मत आएको थियो । गोपाल घिमिरेले ८७ मत ल्याएका छन् । दुई जनाबीच ११२ मतको फरक थियो ।

शालिकराम रास्वपा स्थापनाकालदेखि प्रदेश सदस्य, कोषाध्यक्ष हुँदै उपसभापति भएका थिए । गोपाल गत फागुन २१ को चुनावमा रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका आकांक्षी थिए ।

सभापति पदमा शालिकराम घिमिरे, केन्द्रीय संगठन विभागका सदस्यहरू गोपाल घिमिरे, मधुप्रसाद अर्याल र गणेश पौडेल तथा प्रतिनिधिसभाकी समानुपातिक सांसद मञ्जु ज्ञवाली भुसाल र बाँकेका डा.राजकुमार सुवेदीले प्रतिस्पर्धा गरेका थिए । जसमा पौडेलले ८४, डा.सुबेदीले ८०, भुसालले ७१ र अर्यालले १९ मत मात्रै पाएका छन् ।

Published : Sunday, 2026 June 14, 2:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया