गगनले नक्कली दस्ता बएर शक्तिहरुको सहयोगमा कांग्रेस कब्जा गरे, खलनायक नबन्नुस् : मोहन बस्नेत
जनकपुर । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गगन थापालाई कांग्रेस सिध्याउने खेलाउनाको नाइके नबन्न आग्रह गरेका छन् ।
शनिबार जनकपुरमा शेरबहादुर देउवा र डा.शेखर कोइराला पक्षीय नेताहरुले नेपाली कांग्रेसको बृहत एकताका लागि आयोजित बृहत भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले गगन थापालाई सिङ्गो कांग्रेसको सभापति बन्न सुझाव दिए । उनले भने, ‘गगन थापाजी तपाई सिङ्गो कांग्रेसको सभापति हुने हो कि तपाईलाई आशीर्वाद दिएर कांग्रेस सिध्याउने खेलाउनाको नाइके बनाउने कांग्रेस बनाउने हो ।’
उनले भने, ‘गगन थापाजी जे जति गल्ती, कमीकमजोरी गरेर एउटा अभिनय गरेर विभिन्न शक्तिकेन्द्रहरुको आडमा कांग्रेसको सभापति हुनु भएको छ । तपाई सभापति नै रहनुस् । तपाई सिङ्गो कांग्रेसको सभापति रहनुस् । विभिन्न छलछाम र विभिन्न स्वास्र्थको लागि तपाई एउटा पात्र नबन्नुस् । खलनायक नबन्नुस् ।’
‘१५औँ महाधिवेशनको तयारीको लागि गगन थापा आफै र विश्वप्रकाश शर्माजी आफै महामन्त्री हुँदा क्रियाशील सदस्यता नवकीरण र नयाँ वितरण गर्ने कामको थाली भएको हो । अध्यावधिको नाममा हजुर बुबाको उमेरका नेता, कार्यकर्ताहरुको क्रियाशील सदस्यता खोस्ने अधिकार कसले दियो तपाईलाई ? प्रश्न यहाँ छ । त्यस कारण पहिला यो काम सच्याउनुस् गगन थापाजी,’ नेता बस्नेतले भने ।
उनले भने, ‘क्रियाशील सदस्यता छानबिन तपाईले मनपरी गर्नुभएको छ । मनपरी ढंगले वितरण गर्नुभएको छ । त्यो छानविन समितिमा सबै पक्षलाई मिलाएर एकतृत ढंगले सबैलाई मिल्ने गरी कमिटी बनाउन भनेको हो । निर्वाचन समिति निष्पक्ष बनाउनुस् भनेको हो । तपाईले बाहिर एउटा कुरा गर्नुभएको छ । मुखले अर्को कुरा गरिरहनु भएको छ ।’
नेता बस्नेतले भने, ‘नेपाली कांग्रेस कमजोर हुँदा यो देशको अवस्था के हुने हो ? हामी नेपाली भएर बाँच्न पाउने हो कि होइन ? नेपाल भन्न पाउने हो कि होइन ? त्यो अवस्थामा अल्झिरहेको मुलुक, अभिभावकीय भूमिका खेल्नुपर्ने कांग्रेस ।’
‘विशेष महाधिवेशनको नक्कली दस्ता गएर बाहिरी, भित्री शक्तिहरुको सहयोगमा नेपाली कांग्रेसभित्रको केही स्वार्थी समूह र व्यक्तिहरुलाई हातमा लिएर कांग्रेसको ताकतलाई अपहरण गर्ने अवस्था सिर्जना भएको छ, ‘त्यो अवस्था बलियो कांग्रेसको चिन्ता बोकेर सबै प्रदेशहरुमा कार्यक्रम भएका छन् ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया