कांग्रेस बचाउन जनकपुरमा देउवा-कोइराला पक्षको शक्तिशाली भेला, गगन समूहले बनायो पार्टी कमजोर
जनकपुर । शेरबहादुर देउवा र डा.शेखर कोइराला पक्षीय नेताहरुले नेपाली कांग्रेस, मधेश प्रदेशस्तरीय बृहत एकताका लागि विशेष भेला गरेका छन् ।
शनिबार जनकपुरमा देउवा र कोइराला पक्षीय नेताहरुको उपस्थितिमा कांग्रेसको आन्तरिक एकताका लागि भेलाको आयोजना गरिएको हो । नेताहरुले नवीकरण भइसकेको क्रियाशील सदस्यता अध्यावधिका नाममा विधान विपरीतको कार्य गर्दै विशेष महाधिवेशनबाट आएको नेतृत्वले लाखौँ नेता तथा कार्यकर्ताहरुलाई कांग्रेसबाट बाहिर राख्न खोजेको बताए । उनीहरुले बृहत एकता चाहने हो भने सबै पक्षलाई छिटोभन्दा छिटो मिलाएर लैजानुपर्ने बताएका छन् ।
नेताहरुले कथित विशेष महाधिवेशनबाट आएको नेतृत्वको अहँकार, घमण्ड र व्यक्तिवादी चरित्रले गर्दा कांग्रेस झन् कमजोर बनेको बताएका छन् । कांग्रेसलाई बचाउने हो भने १४औँ महाधिवेशबाट आएको कार्यसमिति र कथित विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई १५औँ महाधिवेशन आयोजक समिति बनाइ एकताको महाधिवेशन गर्नुपर्ने सुझाव दिएका छन् ।
विशेष महाधिवेशन पक्षधरहरुले देश, विदेशी शक्तिहरुको षड्यन्त्रमा नेपाली कांग्रेसलाई विभाजित बनाउने कार्य भएको र कांग्रेसलाई इतिहासकै कमजोर अवस्थामा पुराएको नेताहरुले आरोप लगाएका छन् ।

नेताहरुले १५औँ महाधिवेशनका लागि नवीकरण भइसकेको क्रियाशील सदस्यता कथित अध्यावधिको आवश्यक्ता नरहेको बताएका छन् । उनीहरुले कथित विशेष महाधिवेशन पक्षधरहरुको गतिविधि शंकास्पद र कांग्रेस विरोध रहेको बताएका छन् ।
भेलामा नेताहरु विमलेन्द्र निधि, मोहनबहादुर बस्नेत, उमाकान्त चौधरी, आनन्दप्रसाद ढुङ्गाना लगायतका सयौँ नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । भेलाको संयोजन आनन्दप्रसाद ढुङ्गानाले गरेका हुन् ।
देउवा र कोइराला समूहले कथित विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मधेश प्रदेशमा शक्ति देखाइदिएका छन् । विशेष महाधिवेशन पक्षधरहरुको घमण्ड तोड्ने गरे मधेश प्रदेशमा कांग्रेसका नेताहरुले पार्टी एकतामा दवाव सिर्जना गर्ने बताएका छन् ।
भृकुटीमण्डप भेलालाई कथित विशेष महाधिवेशन भनेर गगन थापा समूहले नेपाली कांग्रेस हाइज्याक गरेपछि कांग्रेस इतिहासकै कमजोर अवस्थामा छ । कांग्रेसको बृहत एकताका लागि देउवा र कोइराला पक्षीय नेताहरुले देशभरि भेला, बैठक र अन्तरक्रिया कार्यक्रम गर्दै आएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया