कांग्रेसको बृहत एकताका लागि देउवा-कोइराला समूहको भेला, नेता तथा कार्यकर्ताहरुलाई विशेष अपील

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस पार्टीको बृहत्तर एकताका लागि कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन अपील गरेका छन् ।

नेता डा.कोइरालाको सचिवालयअनुसार जेठ ३१ गते बिहान १०ः३० बजे बिराटनगरको होटल मनास्लुमा कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुने नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् । डा.कोइरालाको सचिवालयअनुसार कांग्रेसको बृहत एकताका लागि शेरबहादुर देउवा र कोइराला समूहले संयुक्त रुपमा कोशी प्रदेशस्तरीय भेला गर्न लागेको छ ।

गगन थापाले देउवा र कोइराला समूहका नेता तथा कार्यकर्ताहरुलाई कांग्रेसमा बस्न नदिने गरेर कथित अध्यावधि लगायतका गतिविधि गरेपछि देउवा र कोइराला समूहले कोशी प्रदेशस्तरीय भेला गर्न लागेको छ ।

Published : Friday, 2026 June 12, 9:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया