गगनको साइबर सेनाद्वारा देउवाविरुद्ध भ्रामक गतिविधि सञ्चालन
काठमाडौं । गगन थापा समूहको साइबर सेनाद्वारा नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले क्रियाशील सदस्यता कथित अध्यावधि गरेको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाइरहेको तथ्य बाहिर आएको छ ।
भृकुटीमण्डप भेलालाई विशेष महाधिवेशन भनेर गगन थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेर सभापति बनेका छन् । निर्वाचन आयोग र सर्वोच्च अदालतबाट कांग्रेसको आधिकारिकता पाएका गगन थापाले कथित अध्यावधिका नाममा कांग्रेसलाई तहस नहस बनाएको आरोप छ ।
साइबर सेनाले देउवाले क्रियाशील सदस्यता अध्यावधि गरेको भनेर भ्रामक तस्बिर बनाएर सार्वजनिक गरेको छ । देउवाको सचिवालयले क्रियाशील सदस्यता अध्यावधि नगरिएको जनाएको छ । देउवा समूहले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा कथित अध्यावधि नगर्ने संस्थागत निर्णय गरिसकेको छ ।
गगन थापा समूहले देउवा र कोइराला समूहलाई १५औँ महाधिवेशनबाट बाहिर राख्नका लागि विधान विपरीतको कथित अध्यावधिको विषय ल्याएको छ । गगन थापा समूहले सोँचेअनुसारको कथित क्रियाशील सदस्यता अध्यावधि हुन सकेको छैन । अध्यावधि नभएपछि देउवाले पनि अध्यावधि गरेको भनेर गगन थापाको साइबर सेनाले भ्रामक सूचनाहरु सामाजिक सञ्जालमा सम्प्रेषण गरिरहेका छन् ।
इतिहासको कमजोर अवस्थामा रहेको कांग्रेसलाई एकलौटी कब्जा गर्न गगन थापा समूहले अध्यावधिका नाममा आफ्ना विरोधीहरुलाई ठेगान लगाउने गतिविधि गरिरहेको देउवा र डा.शेखर कोइराला समूहले आरोप लगाइरहेको छ । देउवा र कोइराला समूहले कथित अध्यावधिलाई विधान विपरीतको कार्य भन्दै अवस्वीकार गरिसकेको छ ।
गगन थापाले कांग्रेसलाई हाइज्याक गरेपछि इतिहासकै कमजोर अवस्थामा छ । आफू निकै लोकप्रिय छु भन्ने गगन थापाको अहँकार र घमण्ड सर्लाही ४ मा तोडिएको छ । रास्वपाका नेता अमरेशकुमार सिंहसँग १२ हजारभन्दा भारी मतको अन्तरबाट गगन थापा पराजित भइसकेका छन् ।
लोकप्रिय हुँ भन्ने गगन थापा प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि उनको लोकप्रियता कति रहेछ भन्ने कुरा कांग्रेसका नेता तथा कार्यकर्ताहरुले राम्रोसँग बुझेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया