कांग्रेसलाई बलियो र १५औँ महाधिवेशन सफल बनाउन देउवा समूहको सकारात्मक प्रस्ताव
काठमाडौं । गगन थापा समूहले अहँकार र घमण्डपूर्ण गतिविधि गर्दै आइरहेका बेला नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले पार्टीमा बृहत्तर एकताका लागि तीनबुँदे प्रस्ताव गरेको बताएका छन् ।
बिहीबार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै नेता डा.कोइरालाले कथित विशेष महाधिवेशनबाट आएको नेतृत्वसमक्ष कांग्रेसको बृहत एकताका लागि तीनबुँदे प्रस्ताव अघि सारेको बताए । उनले १४औँ महाधिवेशनबाट निर्वाचित समिति र विशेष महाधिवेशनबाट आएको समितिबीच समझदारी गरेर १५औँ महाधिवेशनका लागि नयाँ संयन्त्र बनाउने, क्रियाशील सदस्यताको विवाद मिलाउने र विधान संशोधनमा साझा सहमति गरेर अगाडि बढ्नुपर्ने बताए ।
उनले एकाध भेटबाट पार्टीमा एकता नहुने बताउँदै निरन्तर छलफल हुनुपर्ने बताए । डा.महतले अहिले आफूहरूले कुनै किसिमको पद र भागबन्डा नमागेको बताएका छन् ।
नेता डा.महतले १५औँ महाधिवेशन निष्पक्ष हुने सुनिश्चितताको ग्यारेन्टी मात्रै आफूहरूले चाहेको बताएका छन् । डा.महतले विशेष महाधिवेशनबाट आएको समिति पार्टीमा सर्वशक्तिमान हुन नसक्ने भन्दै १५औँ महाधिवेशनपछि आउने समिति मात्रै सर्वस्वीकार्य हुनसक्ने बताए ।
नेता डा.महतले सदस्यताको डिजिटल नवीकरकणका नाममा वर्षाैंदेखि पार्टीमा काम गरेका नेता तथा कार्यकर्ताहरूलाई बन्देज लगाउन नहुने बताएका छन् । सदस्यता नवीकरण यसअघि नै भइसकेकाहरूलाई फेरि डिजिटलका नाममा छुटाउन नहुने उनले बताए । ‘गरेनौँ भने गाडी छुट्छ भनिएको छ । गाडीमा बसिसकेकाहरूलाई पनि निकाल्न खोजेर हुँदैन’, डा.महतले भने ।
उनले अहिले कांग्रेस चुनौतीपूर्ण घडीमा रहेको बताउँदै पार्टीभित्र बृहत्तर एकता आवश्यक रहेको बताए । प्राविधिक रूपमा विषेश महाधिवेशनबाट नेतृत्वमा आएकाहरूको एकताका लागि गम्भीर पहल गर्नुपर्ने बताए । ‘कति साथी पार्टी छोड्दै हुनुहुन्छ । कतिपय साथीहरू निष्क्रिय हुनुहुन्छ । केही फाट्टफुट्ट भेटघाटबाट एकताले पूर्णता पाउन सक्दैन’, उनले भने, ’बृहतर एकता कसरी गर्ने उहाँहरूले पहलकदमी लिनुपर्छ ।’
नेता डा.महतले १५औँ महाधिवेशनको निष्पक्षता, पारदर्शीता स्वामित्व हुन जरुरी रहेको बताए । उनले भने, ‘उहाँहरूले भनेजस्तो सुनिश्चित गरिहाल्छौँ भनेर आधार र विश्वास हुन सक्दैन । ग्यारेन्टी खोजेका छौँ भाग खोजेका छैनौँ । १५ औँ महाधिवेशन निर्वाचन गर्ने, विधान संशोधन गर्न, क्रियायाशील सदस्यता टुंग्याउने साझा संयन्त्र भयो भने महाधिवेशन निष्पक्ष र पारदर्शी हुन्छ ।’
शेरबहादुर देउवा र डा.शेखर कोइराला समूहले गगन थापा समूहको कथित अध्यावधिको विरोध गर्दै आएका छन् । गगन थापा समूहले नवीकरण भइसकेको क्रियाशील सदस्यतालाई अध्यावधि भनेर बबण्डर मच्चाएपछि कांग्रेसभित्र भाँडभैलो भइरहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया