प्रधानमन्त्री शाहले संसदमा आफैले जवाफ दिनुपर्ने कांग्रेससहितका दलको माग
काठमाडौं । नेपाली कांग्रेससहितका विपक्षी दलले प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित भएर आफ्नो अभिव्यक्तिबारे जवाफ दिनुपर्ने अडानमा कायम रहने निर्णय गरेका छन् ।
मंगलबार सिंहदरबारमा नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षीको बैठक बसेको थियो । ‘सदनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको हो,’ कांग्रेस सचेतक निश्कल राईले भने, ‘हामी हाम्रो अडानमा कायम रहने निर्णय भयो ।’
नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षीले सदन अवरोध गर्दै आएका छन् । प्रधानमन्त्रीले त्यसबारे बोल्नुपर्ने, उनले अभिव्यक्ति सच्याउँदै माफी माग्नुपर्ने अडान विपक्षीको छ ।
विपक्षी सोही अडानमा रहँदा बजेटमाथि छलफल हुन सकेको छैन । प्रतिनिधिसभा बैठक अवरोध हुँदै आएको छ ।
रास्वपाका सभापति रवि लामिछानेले सोमबार सर्वदलीय बैठक राखेका थिए । लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीले जवाफ दिने, आवश्यक परे आफैँ बोल्ने बताएका थिए । त्यसमा विपक्षी सहमत भएनन् ।
हिजो र आजको बैठक पनि अघि बढ्न सकेन । प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया