रविलाई प्रधानमन्त्री बन्ने बाटो खुल्न थाल्यो, पर्सामा पनि मुद्दा फिर्ताको अनुमति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर भएको संगठित अपराधको आरोप फिर्ता लिन पर्सा जिल्ला अदालतले अनुमति दिएको छ ।
मंगलबार रविविरुद्ध दायर भएको सहकारी ठगीसम्बन्धी मुद्दा मात्र कायम राखेर संगठित अपराधको आरोप फिर्ता लिन अदालतले सरकारी वकिललाई अनुमति दिएको हो । न्यायाधीश मोहन सुवेदीको इजलासले आरोपपत्र संशोधनको आदेश दिएको छ ।
संगिठत अपराधको मुद्दा फिर्ता लिने क्रम शुरु भएसँगै रास्वपाका सभापति लामिछानेलाई प्रधानमन्त्री बन्ने बाटो खुल्दै गएको छ । अहिले लामिछाने प्रधानमन्त्री बन्न नसके पनि केही महिनापछि प्रधानमन्त्रीको उम्मेदवार बन्न लामिछानेलाई कसैलाई नि सक्ने छैन ।
अदालतका तहशिलदार देवराज भट्टराईले संगठित अपराधसम्बन्धी मुद्दा संशोधनको अनुमति प्रदान भएको बताए ।
महान्यायाधिवक्ताको निर्णयबमोजिम रविको आरोपपत्र संशोधनका लागि अदालतमा निवेदन दिएका थिए । मंगलबार (जेठ २६) भएको आदेशले सानो पाइला सहकारी ठगी प्रकरणमा मुद्दा फिर्ताको बाटो खुलेको छ ।
२०८२ साल असार १ गते रविसहित २९ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाइएको थियो । ठगी प्रकरणमा सरकारी वकिल कार्यालयले पाँच करोड ७४ लाख रुपियाँ विगो माग दाबी गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया