प्रधानसेनापतिद्वारा प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदार समन्वयात्मक बैठकको समापन

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले केन्द्रीय तहको प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदार समन्वयात्मक बैठक–२०८२ को समापन गरेका छन् ।

शुक्रबार जंगी अड्डा, भद्रकालीमा सिग्देलले बैठक समापन गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नेपाली सेनाका फर्मेशन तथा युनिटहरूको संस्कृति, परम्परा, रीतिरिवाज र अनुशासन कायम गर्न महत्वपूर्ण नियुक्तिको रूपमा रहेका प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदारहरूबाट बैठकमा कार्य सम्पादनका क्रममा नीतिगत, व्यवहारिक एवं कल्याणकारी कार्य सम्बन्धमा देखिएका चुनौती एवं सुधारका लागि आवश्यक सुझावहरूको सम्बन्धमा प्रस्तुतीकरण तथा छलफल गरिएको थियो ।

चैत १९ गते बिहीबार बलाध्यक्ष रथी प्रदीपजङ्ग के.सी.ले बैठकको उद्घाटन गरेका थिए । बैठकको समापन कार्यक्रममा रथीवृन्द, अधिकृत तथा बैठकका सहभागी ९० जना प्रमुख सुबेदार र ज्येष्ठ सुबेदारहरूको उपस्थिति रहेको थियो ।

Published : Friday, 2026 April 3, 5:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया