परराष्ट्रमन्त्री डा.राणासँग अजरबैजानका उप-विदेशमन्त्री, अजरबैजान र जर्जियाका राजदूतद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा र अजरबैजानका उप–विदेशमन्त्री एलनूर मम्माडोभबीच भेट भएको छ ।
शुक्रबार सिंहदरबारमा परराष्ट्रमन्त्री डा.राणा र उप–विदेशमन्त्री मम्माडोभबीच भएको भेटवार्ता फलदायी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटका क्रममा नेपाल–अजरबैजान सम्बन्धका साथै आगामी सगरमाथा संवादमा सहभागिता सहित द्विपक्षीय र बहुपक्षीय सहयोग सम्बन्धी विषयमा छलफल भएको छ ।
यसैबीच, परराष्ट्रमन्त्री डा.राणासँग नेपालका लागि नवनियुक्त बेलारुसका गैर–आवासीय राजदूत मिखाइल कास्कोले भेट गरेका छन् । भेटघाटमा नेपाल–बेलारुस सम्बन्धमा केन्द्रित छलफल रहेको थियो ।
त्यसैगरी, नेपालका लागि जर्जियाका नवनियुक्त गैरआवासीय राजदूत वख्ताङ जाओशभिलीले पनि परराष्ट्रमन्त्री डा.राणासँग भेटवार्ता गरेका छन् ।
भेटघाटमा नेपाल–जर्जिया सम्बन्ध र बहुपक्षीय सहयोग सम्बन्धी विषयमा छलफल भएको छ ।




बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया