प्रचण्ड र भाजपा नेता डा.चौथाइवालेबीच भेट, अन्य नेताहरूसँग पनि भेटवार्ता
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख डा.विजय चौथाइवाबीच भेट भएको छ ।
बिहीबार ललितपुरस्थित निवासमा अध्यक्ष दाहाल र विभाग प्रमुख डा.चौथाइवालेबीच भेट भएको हो । भेटमा दुई देशबीचको सम्बन्धका विषयमा कुराकानी भएको बुझिएको छ ।
हालै भारत कश्मीरको पलगाममा भएको आतकंकारी हमलाको बारेमा अध्यक्ष दाहालले भाजपा विदेश विभाग प्रमुख डा.चौथाइवालेसँग चिन्ता जनाएका छन् ।
यसअघि डा.चौथाइवालेले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेका छन् ।
डा.चौथाइवालेले नेपाली काग्रेसका नेता शेखर कोइराला, नेपाली कांग्रेसका नेता उदयशम्शेर राणा, कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत, माओवादीका उपमहासचिव जनार्दन शर्मालाई पनि भेट गरेका छन् ।
बुधबार डा.चौथाइवालेले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.आराजु राणा, गृहमन्त्री रमेश लेखकलाई भेट गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया