आफ्नै नेताले भ्रष्ट भनेका ओलीले बोलाएको बैठकको औचित्य छैनः कांग्रेस नेता गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले भ्रष्टाचारको आरोप लागेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले बोलाएको सर्वदलीय बैठकको औचित्य नरहेको बताएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता गुरुङले आफ्नै दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिखित रुपमै ओलीलाई भ्रष्टाचारको आरोप लगाएको प्रशंग कोट्याएका छन् । यस्तो बैठकमा सहभागी हुन नहुने उनको भनाइ छ ।

‘आफ्नै पार्टीका नेताहरूले भ्रष्टाचारीको आरोप लगाएपछि पार्टीकै बैठकमा उपस्थित हुन छाडेका प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकको औचित्य छैन’, सामाजिक सञ्जालफेसबुकमार्फत नेता गुरुङले भनेका छन् ।

‘बरु यतिखेर सर्वदलीय बैठक त प्रमुख प्रतिपक्ष दल कांग्रेसकै नेतृत्वमा भ्रष्टाचारबिरुद्ध मोर्चाबन्दी कस्नका लागि आवश्यक छ’, उनले भनेका छन् ।

Published : Tuesday, 2020 December 8, 9:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया