कालीकोट कांग्रेसले यसरी गर्दै छ सरकारविरुद्धको प्रदर्शनको तयारी

मान्मा । नेपाली कांग्रेस कालीकोटले कम्युनिस्ट सरकारविरुद्ध भव्य प्रदर्शनको तयारी गरेको छ ।

कालीकोट कांग्रेसका सभापति हर्षबहादुर बमका अनुसार मंसिर २९ गते सदरमुकाम मान्मामा खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारका विरुद्ध प्रदर्शन हुनेछ । प्रदर्शनका लागि विभिन्न तयारीहरू भइरहेको सभापति बमले बताए ।

कम्युनिस्ट सरकारको भ्रष्टाचार, बेथिति, अनियमितता, राज्य आतंक, मूल्य वृद्धि, कर वृद्धि, विभिन्न हिंसा लगायतका विरुद्ध प्रदर्शन हुनेछ ।

मान्मास्थित प्रतिमाचोकमा मंसिर २९ गते साढे १२ बजे जम्मा भएर विरोध र्‍याली शुरु हुनेछ ।

नेपाली कांग्रेसले सबै जिल्लाहरूलाई मंसिर २९ गते देशभरि प्रदर्शन गर्न निर्देशन दिएको छ । सोही निर्देशनअनुसार कालीकोटमा पनि प्रदर्शन हुन लागेको छ ।

Published : Monday, 2020 December 7, 9:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया