युवा नेता मोक्तानले पाए क्लबमा अध्यक्षको जिम्मेवारी

काठमाडौं । काठमाडौंको ढुंगेधारा युथ क्लबको अध्यक्षको जिम्मेवारी धिरेन्द्रबिक्रम मोक्तानले पाएका छन् ।

धनगणेशस्थानमा शनिबार बसेको क्लबको बैठकले मोक्तानलाई सर्वसम्मत निर्णयबाट अध्यक्षको जिम्मेवारी दिएको हो ।

अध्यक्ष मोक्तानले क्लबको जिम्मेवारी दिइएकोमा खुसी व्यक्ति गर्दै कार्यसमितिलाई धन्यावाद दिएका छन् । उनले क्लबको जिम्मेवारीलाई इमान्दारिताका साथ पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।

‘अध्यक्षको जिम्मेवारीले मेरो शिर उँचो भएको छ’, मोक्तानले भनेका छन्, ‘ममा जिम्मेवारीको बोध महसुस भइरहेको छ ।’

‘हामी सुन्दर, सामाजिक र समय सापेक्षित कार्यमा हमेसा सरिक हुनेछौँ’, मोक्तानले भनेका छन्, ‘क्लबमार्फत सबै युवाहरू एकीकृत हुनेछौँ । म मेरा सम्पूर्ण सदस्य, हाम्रो क्लबको प्रतिनिधित्व गरि जिम्मवारी बहन गर्नेछु ।’

क्लबको अध्यक्षमा सर्वसम्मत भएका मोक्तान नेपाली कांग्रेसका युवा नेता समेत हुन् । उनी तरुण दलमा सक्रिय छन् ।

Published : Monday, 2020 December 7, 8:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया