धेरै पावर लगाउँदा विवादमा परे डीआईजी विश्वराज पोखरेल

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ ।

सरकारले डीआईजी विश्वराज पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो । सो सिफारिसविरुद्ध राज्य व्यवस्था समितिमा उजुरी परेको हो ।

गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वमा बसेको बढुवा समितिको मंसिर १५ गतेको बैठकले डीआईजी पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिसमा गरेको थियो ।

सरकारको सो निर्णयविरुद्ध समितिमा नागरिक समाजका एक अगुवाले उजुरी हालेका हुन् ।

उनीभन्दा सिनियर प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) छन् । आईजीपीका ब्याजीहरू डीआईजी हुँदाहुँदै जुनियरलाई एआईजीमा सिफारिस गरेको भन्दै पोखरेललाई छलफलको लागि बोलाउने तयारी भएको छ ।

समितिले गृहमन्त्री रामबहादुर थापा, गृहसचिव न्यौपानेलगायतलाई बोलाएर सो विषयमा छलफलको तयारी गरेको छ ।

उप–प्रधानमन्त्री ईश्वर पोखरेलको दवावमा विश्वराज पोखरेललाई डीआईजीबाट एआईजीमा बढुवाका सिफारिस गरेको आरोप छ ।

Published : Monday, 2020 December 7, 8:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया