दरबारमार्गको ‘हाइप्रोफाइल’ जबरजस्त ‘सेक्सकाण्ड’का दोषीहरूलाई झट्का

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्त शैलेस कार्कीलाई पाँच वर्ष कैदको फैसला भएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय कुमार चुडाल र किरण पौडेलको संयुक्त इजलासले सोमबार कार्कीलाई सात लाख क्षतिपूर्तिको फैसला सदर गरेको हो ।

यसअघि काठमाडौं जिल्ला अदालतले २०७६ कात्तिक २७ गते गरेको फैसला गरेको थियो । सो फैसलालाई पाटन उच्च अदालतले सदर गर्ने फैसला सुनाएको छ ।

२०७५ सालमा एक युवतीलाई साथीको रुपमा होटलमा लगेर बलात्कार गरेको अभियोग कार्कीलाई लागेको थियो । पछि मेलमिलापबाट घटना मिलाउन खोजेको समाचार बाहिर आएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालासले २०७६ कात्तिक २१ गते मुख्य अभियुक्त रामेछापका शैलेस कार्कीलाई पाँच वर्ष २ महिना कैद हुने फैसला सुनाएका थिए । पीडित युवतीलाई सात लाख क्षतिपूर्ति भराउने फैसला भएको थियो ।

घटनामा संलग्न अन्य तीन जना अभियुक्तहरूलाई १४ महिनाको कैद सुनाइएको थियो । दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा २०७४ माघ ७ गते शैलेश कार्की, विकास गौतम, दीपक श्रेष्ठ र रवि पौडेलले १८ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेका थिए ।

पीडित युवतीले माघ ८ गते प्रहरी वृत्त दरबारमार्गमा आरोपित ४ जनाले आफूलाई बलात्कार गरेको र सोही बेला नग्न तस्बिर तथा भिडियोसमेत खिचेर राखेको भन्दै उजुरी दिएकी थिइन् ।

पीडित युवतीले आफू कामबाट घर फर्कदै गर्दा आरोपी कार्कीले फोन गरेर घर पुर्‍याउने शर्तमा बोलाएका र होटलमा लगेर सामूहिक बलात्कार गरेको जाहेरी दिएकी थिइन् ।

कार्कीले मदिरा खुवाएर घर जान नदिएर होटल लगि साथीलाई समेत साथमा लिएर बलात्कार गरेको दावी महिलाले गरेकी थिइन् ।

माघ ७ गते राति आफ्नो केटा साथीले बोलाएपछि ल्याण्डमार्क होटल पुगेकी ती युवतीलाई शैलेश कार्कीसहित विकास गौतम, रवि पौडेल र दीपक श्रेष्ठले सामूहिक बलात्कार गरेको प्रहरीको अभियोगपत्रमा उल्लेख छ ।

रामेछापको दुरागाउँ स्थायी भर भएका कार्कीले ती युवतीलाई फेसबुकमार्फत् साथी बनाएर ल्याण्डमार्क होटलमा भेट्न बोलाएर रातभर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

बलात्कारको उजुरी दर्ता भएसँगै फरार भएका कार्कीलाई दरबारमार्गबाट प्रहरीले २०७४ चैत ६ गते नियन्त्रणमा लिएको थियो ।

युवतीकै प्रेमी शैलेशसहित अन्य ४ जनाले युवतीमाथि सामूहि बलात्कार गरेको घटना प्रहरीकै मिलेमतोमा टुंग्याउन खोजिको भन्दै तत्कालीन समयमा विवादित भएको थियो ।

कार्कीसहितका युवाहरू धनी घरका हुन् । उनीहरूका अभिभावकहरूले राजनीतिक र प्रशासनिक पहुँच देखाएर बलात्कारकाे घटना दबाउन खाेजेकाे भनेर समाचार समेत प्रकाशित भएका थिए ।

Published : Monday, 2020 December 7, 8:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया