खतिवडाद्वारा सिराह कांग्रेसका सभापतिसहितका नेता कार्यकर्तासँग परामर्श

लहान । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सिरहा जिल्लाका पार्टी सभापति रामचन्द्र यादवसहितका नेता कार्यकर्ताहरूसँग भेटवार्ता गरेका छन् ।

नेता खतिवडाले आइतबार सिरहामा सभापति यादवसहितका नेता कार्यकर्ताहरूसँग मुलुकको पछिल्लो राजनीतिक अवस्था र कांग्रेसको आन्दोलनलगायतका विषयमा परामर्श गरेका हुन् । उनले कम्युनिस्ट सरकार भ्रष्टाचार, अराजकतालगायतमा फस्दै गएको भन्दै कम्युनिस्ट

अधिनायकवादविरुद्ध सडक र सदनबाट आन्दोलन गर्नुको बिकल्प नरहेको बताए ।

सिरहाका सभापति यादवसहितका नेता कार्यकर्ताहरूले आफूहरू केन्द्रको निर्देशनअनुसार कम्युनिस्ट सरकारविरुद्ध आन्दोलन चर्काउन तयारी अवस्थामा रहेको बताएका थिए ।

भेटका क्रममा युवा नेता खतिवडाले कांग्रेसको १४औँ महाधिवेशन फागुन हुने सम्भावना निकै कम भएर गएको बताएका छन् । उनले अब महाधिवेशन वैशाखाको आसपास हुने उल्लेख गरेका छन् ।

Published : Sunday, 2020 December 6, 11:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया