आईजीपी क्षेत्री २ नं. प्रदेश प्रहरीको हेडक्वाटरमा, डीआईजी सिंहद्वारा स्वागत

जनकपुरधाम । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले २ नम्बर प्रदेशअन्तर्गतका विभिन्न स्थानको भ्रमण गरेका छन् ।

२ नं. प्रदेशका प्रहरी प्रमुख एवम् डीआईजी धिरजप्रताप सिंहका अनुसार आईजीपी क्षेत्रीले २ नं. प्रदेशअन्तर्गत २ नं. प्रदेश दंगा नियन्त्रण प्रहरी गण ढल्केवर, धनुषामा मातहतलाई निर्देशन दिएका हुन् ।

आईजीपी क्षेत्रीले भ्रमणका शिलसिलामा २ नं. प्रदेश प्रहरी प्रमुख सिंहसँग शान्ति सुरक्षा र पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका थिए ।

आईजीपी क्षेत्रीले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख, संघीय प्रहरी इकाई कार्यालय, जनकपुका प्रमुख, २ नं. प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर (हाल राजविराज) का समादेशक, २ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बारा, २ नं. प्रदेश सशस्त्र प्रहरी गण जनकपुर, २ नं. प्रदेश दंगा नियन्त्रण प्रहरी गण ढल्केवर, धनुषा तथा जिल्ला प्रहरी कार्यालय–८ (२ नं. प्रदेश) का प्रमूखहरूसमेतको उपस्थितीमा विद्यमान शान्ति सुरक्षाको अवस्था तथा समसामयिक विषयबस्तुहरूको सम्बन्धमा जानकारी लिएका थिए ।

आईजीपी क्षेत्रीले नेपाल प्रहरी कार्य योजना २०७७, प्रहरी हवल्दार र प्रहरी जवान लक्षित योजना कार्यान्वयन, नेकपा (बिप्लव) समूहको गतिविधी नियन्त्रण, नदी जन्य पदार्थको अवैध उत्खनन नियन्त्रण, फौजदारी कसुरमा कानूनी कठोरता, फरार प्रतिवादीहरूलाई कानूनी दायरामा ल्याउन विशेष अभियान संचालन गर्न निर्देशन दिएका थिए ।

उनले महिला बालबालिका तथा जेष्ठ नागरिकहरूको सेवा प्रवाहमा विशेष प्राथमिकता, भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको नीति अवलम्बन गर्ने लगायतका समसामयिक विषयबस्तुको सन्दर्भमा निर्देशन सम्बोधन पश्चात २ नं. प्रहरी प्रहरी कार्यालयका प्रमुख सिंहद्वारा संगठन प्रमुखबाट प्राप्त निर्देशनहरूको कार्यान्वयन गर्ने प्रतिबद्धतासहित धन्याद ज्ञापन गरेका थिए ।

Published : Sunday, 2020 December 6, 11:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया