पोखरामा तरुण दलको भव्य प्रदर्शन

पोखरा । नेपाल तरुण दल कास्कीले पोखरामा कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

बिहीबार तरुण दलले पोखरामा भव्य प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा तरुणहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

तनहुँ जिल्लामा पुल उद्घाटनका क्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई कम्युनिस्ट सरकारबाट भएको दुर्व्यवहारको विरोधमा तरुण दलले प्रदर्शन गरेको हो ।

प्रदर्शनमा तरुणहरूले प्रधानमन्त्री केपी ओली र कम्युनिस्ट सरकारविरुद्ध नारावाजी लगाएका थिए ।

Published : Thursday, 2020 December 3, 9:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया