बुङकोट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–७ मा रहेको बुङकोट स्वास्थ्य चौकीलाई ६ लाख रुपियाँभन्दा बढीको स्वास्थ्य सामग्री हस्तारण गरिएको छ ।

नेपाली कांग्रेसका युवा नेता एवम् वडाध्यक्ष शरण श्रेष्ठको आफ्नै पहलमा दाताहरूको आर्थिक सहयोगमा चौकीका बिरामीहरूको उपचारका लागि स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।

स्वास्थ्य चौकीका लागि अति आबश्यक रहेको माइक्रोसकोप बेबी अमर, ग्लुको मिटर, फ्रिज, मेडिकल ट्रली लगायतका ल्याबका लागि आबश्यक रहेको कम्युटर तथा फर्निचर फर्निचर समेत हस्तान्तरण गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

‘स्वास्थ्य चौकीका लागि आबश्यक स्वास्थ्य सामग्रीको अभाव भयो’, वडाध्यक्ष श्रेष्ठले भने, ‘दाताहरू कुल ६ लाख २३ हजार ६६५ रुपियाँ आर्थिक संकलन गरि आबश्यक सामग्री खरिद गरि गाउँपालिकामार्फत स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो ।’

स्वास्थ्य सामग्री खरिदका आरुघाट गाउँपालिका– ८ हाल काठमाडौं निवासी प्रेम खत्रीबाट ४ लाख ८५ हजार ६६५, शहीद लखन गाउँपालिका–८, का अर्जुन भण्डारीबाट ११ हजार, बाबु श्रेष्ठबाट १० हजार उत्तरकुमार श्रेष्ठबाट ५ हजार, वडा नम्बर–६ घैरुङका किरण श्रेष्ठबाट १० हजार सहयोग भएको छ ।

गोपाल बाबु श्रेष्ठ ११ हजार, वडा नम्बर–७ बुङकोटका निरोज थापाबाट ६० हजार, नवराज श्रेष्ठबाट १० हजार, पुर्ण श्रेष्ठबाट ११ हजार बिष्णु थापाबाट १० हजार रुपियाँ सहयोग संकलन भएको श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य सामग्री गाउँपालिका अध्यक्ष रमेश थापा मगरमार्फत स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको वडाध्यक्ष श्रेष्ठले बताएका छन् ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्क्षय इन्दिरा तिवारी, प्रमुख प्रशाशकीय अधिकृत जीवनबहादुर आले, वडा नम्बर ८ का वडाध्यक्ष काशिनाथ अंगाई, सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्री, गाउँपालिका स्वाथ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

Published : Thursday, 2020 December 3, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया