पौडेललाई मात्रै होइन देउवा–निधि–प्रकाशमानलाई पनि अपमान हुन्छ, आन्दोलन गरौँः मीनकृष्ण महर्जन

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले कम्युनिस्ट तानाशाह प्रवृत्तिबाट वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको हर्कतले लोकतन्त्रवादीहरूको शिर निहुरिएको बताएका छन् ।

विभागका सचिव महर्जनले बुधबार साँझ प्रेस नोट जारी गरेर कांग्रेसका वरिष्ठ नेता पौडेलमाथि गृहजिल्ला तनहुँमा कम्युनिस्टहरूबाट भएको हर्कतको विरोध गरे । उनले सत्ता र शक्तिको आडमा भएको गतिविधिलाई तत्काल रोक्न चेतावनी दिए ।

‘नेपाली कांग्रेस वरिष्ठ नेता आदरणीय नेता रामचन्द्र पौडेललाई तानाशाह कम्युनिस्टको निर्देशनमा पक्राउ गरिएको छ’, उनले भने, ‘कम्युनिस्ट सरकारले लोकतन्त्रमाथि धावा बोल्दै उत्तर कोरियामा जस्तो जनतामाथि शोषण गर्ने नीति ल्याउने निश्चित छ । त्यस्तो भयो भने जनताको प्रतिरोध सामना गर्न तयार भएर कम्युनिस्टहरू बसे हुन्छ ।’

‘प्रजातान्त्रको निमित्त १४ वर्ष जेल जीवन बिताएका इतिहास बोकेको रामचन्द्र पौडेललाई प्रशासन लगाएर पक्राउ गरेको छ’, युवा नेता महर्जनले भने, ‘भोलि डडेल्धुरा जाँदै गर्दा सभापति शेरबहादुर देउवालाई जनकपुरमा जाँदै गर्दा उप–सभापति विमलेन्द्र निधिलाई, नवलपरासी जाँदै गर्दा डा.शशांक कोइरालालाई वाा काठमाडौंमै प्रकाशमान सिंहलाई कम्युनिस्ट सरकारले पक्राउ गर्न सक्छ ।’

उनले भनेका छन्, ‘त्यसैले अब नेपाली जनताको हकहितको लागि कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गरि देशैभरि सशक्त रुपमा सामना गरी कांग्रेसको शक्ति देखाउने बाहेक अरु विकल्प छैन ।’

‘होइन भने यो देश ढिलो चाँडो उत्तर कोरियो जस्तो हुने निस्चित छ’, खेलकुद विभागका सचिव महर्जनले भनेका छन् ।

कम्युनिस्ट सरकारको अधिनायकवाद विरुद्ध सडकमा उत्रिन देशभरिका तरुण, युवा र खेलाडीहरू तयारी अवस्थामा रहेका महर्जनले बताएका छन् । उनले कांग्रेसको केन्द्रीय नेतृत्वको निर्देशन पर्खेर आफूहरू बसेको बताएका छन् ।

Published : Thursday, 2020 December 3, 12:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया