कम्युनिस्ट सर्वसत्तावाद मुर्दावादः राजु खनाल

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको घटनाको विरोध गरेका छन् ।

कांग्रेसका नेता खनालले बुधबार प्रेस नोट जारी गरेर सत्ताको आडमा नेता पौडेलमाथि भएको घटनाको विरोध गरेका हुन् । उनले पौडेलविरुद्ध तनहुँमा भएको हर्कतको कम्युनिस्ट सरकारले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।

‘ब्यास नगरपालिका– १० तनहुँको बुल्दी खोलाको मोटरेवल पुल उद्घाटन गर्न स्थानीय जनताको माग र निमन्त्रणामा जाने क्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलज्यूलाई बीचमै अवरोध गरि राज्य सत्ताको चरम दुरुपयोग गर्दै निर्मम दमन र दुर्यवहार गरि नियन्त्रणमा लिइएको घटनाको घोर निन्दा र भर्त्सना गर्दछु’, खनालले भनेका छन् ।

‘नेकपा सरकारको निर्देशनमा कार्यक्रमलाई बिथोल्ने र नेता, कार्यकर्ताहरूलाई बर्वर दमन गर्ने रवैया सरकारको अधिनायकवादी सोँच र ब्यवहारको उपज शिवाय केही होइन’, उनले भनेका छन् ।

‘तत्काल ससम्मान रिहाइ र दोषीहरूलाई कडा कार्वाही गर्न र घटनाको जिम्मेवारी लिइ माफी माग्न सरकारसमक्ष जोडदार माग गर्दछु’, उनले भनेका छन् ।

उनले भनेका छन्, ‘यस बर्वरतापूर्ण र अलोकतान्त्रिक घटनाको बिरुद्धमा आन्दोलित हुन आग्रह गर्दछु ।’

Published : Wednesday, 2020 December 2, 11:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया