कम्युनिस्टहरूको प्वाँख पलायो, आजैदेखि अन्त्य शुरु भयोः योगेन्द्र चौधरी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य योगेन्द्र चौधरीले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको कम्युनिस्ट सरकारको हर्कतको विरोध गरेका छन् ।

बुधबार साँझ कांग्रेस नेता चौधरीले प्रेस नोट जारी गरेर वरिष्ठ नेतामाथि भएको लोकतन्त्र विरोधी हर्कतको विरोध गरेका हुन् । उनले आफ्नै दलभित्र आलोकप्रिय बन्दै गएको नेकपाको सरकारले पौडेलमाथि गरेको हर्कतले कम्युनिस्तको अनुहार सार्वजनिक भएको बताए ।

कांग्रेसका नेता चौधरीले पुल उद्घाटनमा भएको अबरोध र सत्ताको दरुपयोगले कम्युनिस्टहरूको औकात देखिएको बताए । ‘कम्युनिस्टहरूमा प्वाँख पलाएको छ’, नेता चौधरीले भने, ‘लोकतान्त्रिक संस्कारलाई मान्न नसक्ने कम्युनिस्टहरूको पतन शुरु भएको छ ।’

कम्युनिस्टहरूले बुधबार नेता पौडेलमाथि देखाएको हर्कतको मूल्य चुकाउनुपर्ने कांग्रेसका युवा नेता चौधरीले चेतावनी दिएका छन् ।

Published : Wednesday, 2020 December 2, 10:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया