कम्युनिस्टको अहँकार चकनाचुर बनाउन तरुण उपाध्यक्ष चापागाइँको निर्देशन

काठमाडौं । नेपाली कांग्रेगका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले कम्युनिस्टहरूको प्वाँख उम्रिन थालेको टिप्पणी गरेका छन् ।

चापागाइँले सामाजिक सञ्जालमार्फत कम्युनिस्टहरूमा सत्ता र शक्तिको उन्माद मौलाएका कारण तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि अभद्र व्यवहार गरेको बताए ।

उनले कम्युनिस्टहरूलाई शक्तिका नशा लागेका कारण सादगी नेता पौडेलमाथि आपराधिक हर्कत गरेको बताए ।

‘रामचन्द्र पौडेल जस्तो सादगी नेतामाथि नेकपाका अरिँगाल र प्रहरी प्रशासनबाट भएको हर्कतले तरुणहरूको चित्त दुखेको छ’, चापागाइँले भने, ‘देशभरिका तरुणहरूले ओलीको कम्युनिस्ट सरकारलाई त्यसको जवाफ दिनेछन् ।’

तरुण नेता चापागाइँले ओलीको कम्युनिस्ट सरकारको अहँकारलाई चकनाचुर बनाउन आह्वान गरेका छन् ।

तनहुँमा वरिष्ठ नेतामाथि सत्ताको उन्मादले आँखा नदेख्ने भएका नेकपाका नेताहरूको निर्देशनमा भएको हर्कतको तरुण उपाध्यक्ष चापागाइँले विरोध जनाएका हुन् ।

Published : Wednesday, 2020 December 2, 10:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया