ओली सरकारले महँगो मूल्य चुकाउनुपर्छः अभिषेकप्रताप शाह

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य अभिषेकप्रताप शाहले खड्गप्रसाद ओली नेतृत्वको नालायक कम्युनिस्ट सरकारले महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाका सांसद समेत रहेका नेता शाहले सामाजिक सञ्जालमार्फत ओली सरकारलाई सुध्रिन चेतावनी दिएका छन् । उनले कांग्रेसका नेता कार्यकर्तामाथि गरिएको धरपकडको सरकारले महँगो मूल्य चुकाउनुपर्ने धम्की दिएका हुन् ।

‘तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको व्यवहारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनेका छन् ।

‘आफ्नै गृहजिल्लामा कांग्रेसका वरिष्ठ नेतामाथि भएको त्यो खालको व्यवहारले नेकपा नेतृत्वको वर्तमान सरकारको नालायकी रुप स्पष्ट भएको छ’, उनले भनेका छन् ।

‘नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि गरिएको धरपकडको महँगो मूल्य चुकाउनुपर्ने छ’, कांग्रेसका युवा नेता शाहले ओली सरकारलाई धम्की दिएका छन् ।

Published : Wednesday, 2020 December 2, 6:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया