ओली सरकार देशमा नाङ्गै भयो, प्रतिरोध गरौँः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई कम्युनिस्ट सरकारबाट भएको दुर्व्यवहारको विरोध गरेका छन् ।

खतिवडाले कम्युनिस्ट सरकारको प्रतिरोध गर्न आह्वान पनि गरेका हुन् । बुधबार ट्वीट गर्दै खतिवडाले खड्गप्रसाद ओलीको सरकार देशमा नाङ्गै प्रस्तुत भएको भन्दै प्रतिरोधको अपील गरेका छन् ।

‘नेपाली कांग्रेसका वरिष्ठ नेताको गिरफ्तारी नियोजित हो’, उनले भने, ‘राजनीतिक प्रतिशोध हो, यसले यो सरकार कुन बाटो जाँदैछ भन्ने स्पष्ट छ ।’

‘खड्गप्रसाद ओलीले आफ्नो पक्षमा जुलुस निकाल्ने । अरुलाई स्वतन्त्र आगगमन हुन समेत नदिने कामले संविधान माथिनै आक्रमण भएकोछ’, खतिवडाले भने, ‘सरकार देशमा नाङ्गै प्रस्तुत भयो । प्रतिरोध गरौं ।’


नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई गृहजिल्ला तनहुँमा प्रहरीले गरिफ्तार गरेपछि चौतर्फी विरोध भएको छ ।

पुल उद्घाटन गर्न जाने क्रममा नेकपाका नेता कार्यकर्ताले अबरोध गर्नुका साथै पौडेललाई कम्युनिस्ट सरकारले गिरफ्तार गराएको आरोप कांग्रेस नेताहरूको छ ।

कम्युनिस्ट सरकारले नेता पौडेललाई गिरफ्तार गरेको विषयमा केही भनेको छैन ।

Published : Wednesday, 2020 December 2, 5:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया