बढुवा हुने बेला एसएसपीलाई स्पष्टीकरण

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गणेशबहादुर ठाडा मगरलाई स्पष्टीकरण सोधेको छ ।

एसएसपी ठाडा सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोका प्रमुख छन् । फेसबुकमा अमेरिकाका बहालवाला राष्ट्रपति ट्रम्पको कार्टुनसहितको तस्बिर राखेर स्टाटस लेखेपछि प्रधान कार्यालयले स्पष्टीकरण सोधेको स्रोतले जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प चुनावमा हारेको समाचार आएलगत्तै एसएसपी ठाडाले सामाजिक सञ्जाल फेसबुकमा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई बधाई दिँदै राष्ट्रपति ट्रम्पको बिगारेको तस्बिर पोस्ट गरेका थिए ।

सशस्त्रको नियमावलीले कुनै पनि देशका राष्ट्रप्रमुखलाई होच्याउने अधिकार मातहतका कसैलाई पनि दिएको छैन ।

साधारण व्यक्तिजस्तो गरेर एसएसपी ठाडाले आफ्ना राष्ट्रपतिलाई होच्याएको भन्दै अमेरिकी दूतावासले समेत सशस्त्र मुख्यालयसमक्ष कूटनीतिक रूपमा असन्तुष्टि पोखेको स्रोतले जनाएको छ ।

एसएसपीबाट डीआईजीमा बढुवा हुने सूचीमा ठाडा छन् । फेसबुकमा लेखेकै कारण स्पष्टीकरणमा परेपछि उनलाई तनाब भएको छ ।

Published : Wednesday, 2020 December 2, 7:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया