जीपी फाउण्डेशन अमेरिकाद्वारा श्रेष्ठलाई स्वागत

न्यूयोर्क । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले नेपाली

कांग्रेस पाल्पाका नेता एवम् नेविसंघका पूर्व पूर्व केन्द्रीय सदस्य हिमालदत्त श्रेष्ठलाई स्वागत गरेका छन् ।

अमेरिकाको न्युयोर्कस्थित फाउण्डेशनको कार्यालयमा अध्यक्ष घिमिरले नेता श्रेष्ठलाई स्वागत गरेका हुन् ।

फाउण्डेसनकी केन्द्रीय सदस्य एवम् महिला संयोजक सुश्री दावा शेर्पाले नेता श्रेष्ठलाई खादा लगाइदिएकी थिइन् ।

फाउण्डेशनका उपाध्यक्ष सुवर्ण लामा, नेविसंघ अर्घखाँचीका पूर्वअध्यक्ष बालकृष्ण श्रेष्ठ, त्रिभुवन बहुमखी क्याम्पस पाल्पा नेविसंघका पूर्वसचिव राजन पौडेल, नेविसंघ अमेरिकाका पूर्व अध्यक्ष प्रभात सापकोटा लगायतको स्वागत कार्यक्रममा उपस्थिति रहेको थियो ।

त्यस क्रममा राजनीतिक र सामाजिक विषयमा छलफल भएको थियो ।

फाउण्डेशनको नयाँ कार्यालय स्थापना गरेकोमा अध्यक्ष घिमिरे र पदाधिकारीहरूलाई नेता श्रेष्ठले बधाइ दिएका थिए ।

Published : Tuesday, 2020 December 1, 5:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया