नुवाकोटमा नेकपाका १६० जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

नुवाकोट । नुवाकोट जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कार्यकर्ताहरूले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

दुप्चेश्वर गाउँपालिका–६ , समुन्द्रटारमा शनिबार आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा नेकपाका स्थानीय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेकपाका नेता कार्यकर्ताहरूलाई नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले पार्टी प्रवेश गराएका हुन् ।

नेकपा नुवाकोटका प्रभावशाली युवा नेता लक्षण रुम्वा तामाङ, सुरज वाइबा, केशरबहादुर केसीलगायत करीव १६० जना युवा तथा वुद्विजीवीहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

नेकपामा आफूहरूको भविष्य नरहेको भन्दै उनीहरूले कांग्रेस पार्टीलाई रोजेको बताएका छन् । उनीहरूले कांग्रेसमा युवाहरूको भविष्य रहेको बताएका छन् ।

नुवाकोट कांग्रेसका सभापति केसीले पनि कांग्रेसले नै देश र जनताको सेवा गर्ने बताए । नेकपाको सरकार हरेक ठाउँमा असफल भएको भन्दै सभापति केसीले गैरजिम्मेवार बनेको कम्युनिस्ट सरकार जनताका लागि समस्या बनेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता रमेश महत, डा. केदार नरसिंह केसीलगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2020 December 1, 1:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया