पोर्चुगल काण्ड गर्ने चौधरी काठमाडौंमा पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाउने झुठो आश्वासन दिएर १६ लाख ठगी गरेको अभियोग प्रहरीले शिवनारायण चौधरीलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा काठमाडौंले रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका– ६ स्थायी घर भइ काठमाडौंको १६ सोह्रखुट्टे बस्ने चौधरीलाई आइतबार काठमाडौंको सुन्धाराबाट पक्राउ गरेको हो ।

चौधरीले रुपन्देहीकै २ जना व्यक्तिहरूलाई वैदेशिक रोजगारको लागि पोर्चुगल पठाईदिन्छु भनि विश्वास दिलाई १६ लाख २५ हजार २५० रुपियाँ लिएको प्रहरीले जनाएको छ ।

आफ्नो बैंक खातामा पैसा जम्मा गर्न लगाएपछि नक्कली अफर लेटर, भिषा लगायतका कागजातहरू दिएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए ।

Published : Tuesday, 2020 December 1, 1:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया