चन्द्र ढकालले महासंघमा ‘पावर’ देखाए, अध्यक्ष गोल्छासँग पहिलो दिनमै ठाकठुक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएसँग चन्द्रप्रसाद ढकालले अध्यक्ष शेखर गोल्छालाई असहयोग गर्न शुरु गरेका छन् ।

महासंघको निर्वाचनमा आइतबार बिहान ढकाल निर्वाचित भएका थिए । वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

आइतबारदेखि महासघंको अध्यक्ष भएका शेखर गोल्छाले पदाधिकारी र सदस्यहरूले शपथ लिएकै दिन आतबार बैठक राखेका थिए । बैठकलाई लिएर ढकालले विरोध गरेको स्रोतले जनाएको छ ।

नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकाल समूहले एजेण्डाबिनाको बैठक भन्दै बिरोध गरेको छ ।

पदाधिकारी र सदस्यहरूले शपथ लिएपछि तत्काल बैठक बस्ने परम्परा रहँदै आएको छ ।

ढकाल समूहको बिरोधका कारण बैठक बस्न सकेन । शपथ ग्रहणकै दिन बिना एजेन्डा बैठक राख्न रोक्न सफल भएको ढकाल समूहले महासंघको बरिष्ठ सदस्यमा पनि अध्यक्ष गोल्छाको उद्देश्य पूरा हुन नदिने षड्यन्त्र गरेको छ ।

पूर्वअध्यक्षमध्येबाट वरिष्ठ सदस्य बनाउने परम्परा महासंघमा छ । अध्यक्ष गोल्छाले पूर्वअध्यक्ष पशुपति मुरारकालाई बनाउन चाहिरहेका छन् ।

वरिष्ठ उपाध्यक्ष ढकालले पूर्वअध्यक्ष चण्डीप्रसाद ढकाललाई वरिष्ठ सदस्य बनाउन चाहेका छन् ।

कोषाध्यक्षमा गोल्छाले सुकुन्तलाल हिराचनलाई मनोनीत गर्ने पक्षमा छन् । ढकाल समूह भने डीबी बस्नेतलाई कोषाध्यक्ष बनाउन चाहिरहेको छ ।
मानार्थ सदस्यमा अध्यक्ष गोल्छाले किशोर प्रधानलाई बनाउने पक्षमा छन् ।

Published : Monday, 2020 November 30, 11:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया